इटहरी । लक डाउनका कारण प्रभावित बनेको सुनसरी जिल्ला अदालतको सबै सेवा संचालनमा आएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले जारी गरेको लक डाउनसँगै सुनसरी जिल्ला अदालतले नियमित काम कार्वाही र सेवा प्रवाहलाई सिमित गरेको थियो ।
सरकारले लक डाउन खोलेपछि सम्पूर्ण काम कार्वाही संचालनमा ल्याएको जिल्ला अदालतले इनरुवा नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेसँगै पूनः स्थगित गरेको थियो । केही दिन सेवा स्थगित गरेको सुनसरी जिल्ला अदालतले सेवा प्रवाह रोक्नु पर्ने अवस्था नदेखिएको भन्दै नियमित सेवा सुचारु भएको जनाएको छ । जिल्ला अदालतको पूर्ण बैठकले उक्त निर्णय गरेको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार आइतबार बाट सेवाग्राहीले नियमित सरह अदालती सेवा लिन सक्ने छन् ।
सुनसरी जिल्ला अदालतले सेवा प्रवाह नियमित गरिए सँगै सामाजिक दुरी र स्वास्थ्य सावधानी भने अनिवार्य गरेको छ ।कार्यालयमा प्रवेश गर्दा साबुन पानीले हात धुने देखि मास्क लगाउने र सामाजिक दुरीलाई कडाईका साथ लागु गरिने श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताउनु भयो ।नियमित काम कार्वाही र सेवा प्रवाह थालिएको बताए पनि सुनसरी जिल्ला अदालतले फिल्डमा गएर सम्पादन गरिने सेवा भने तत्काल उपलब्ध नहुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved