जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी जवानलाई पनि कोरोना संक्रमण

  • प्रकाशित मितिः श्रावण १९, २०७७
  • 725 पटक पढिएको
  • समय अनलाइन

सुनसरी । कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न समाजमा खटिएका सुरक्षाकर्मीहरुलाई नै कोरोनाको संक्रमण देखिन थालेको छ ।सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरीहरुमा पनि कोरोनाको संक्रमणमा पर्न थालेका छन् । यसै बिच जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापाका अनुसार क्यान्टिन संचालन गर्दै आएका प्रहरी जवानमा कोरोना संक्रमित भेटिएको छ । संक्रमित प्रहरी जवान परिवार सहित बस्दै आएका व्यक्ति हुन् । महिला सेलसँगै जोडिएको क्यान्टिनमा अधिकांशजसो प्रहरीहरु चिया नास्ता खाने गर्छन् । उनका कोरोना संक्रमण देखिए पछि उनको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

कार्यालय भित्र कोरोना देखिएपछि थप सावधानी अपनाइएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रमुख थापाका अनुसार संक्रमित सँगको पत्यक्ष सम्पर्कको आधारमा कम्तिमा ४० जनाको तत्काल स्वाब संकलन गरी परीक्षण गरिने छ । कार्यालयमा रहेको जनशक्ति मध्ये संक्रमितसँग सम्पर्कमा नआएकाहरुलाई आलोपालो ड्युटीमा खटाइने गरी तयारी थालिएको थापाले बताए । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार दुई दिन अघि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सहित ३० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एकजना कोरोना पोजेटिभ पाइएका हुन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved