नवराज सिलवाल एमाले भएकाले बढुवा नगरिएको हो : देउवा

  • प्रकाशित मितिः असार ८, २०७५
  • 1122 पटक पढिएको
  • Mausam

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन डिआइजी नवराज सिलवाल एमाले कार्यकर्ता भएकाले बढुवा नगरिएको जवाफ दिएका छन् ।

हेटौँडामा भएको काँग्रेस जिल्ला सभापतिहरुको भेलालाई शुक्रबार समापन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोग लगाउनु पनि ठीक भएको दाबी गरेका छन् ।

भेलामा सहभागी अधिकांश जिल्ला सभापतिहरुले तत्कालीन डिआइजी सिलवाल र प्रधानन्यायाधीश कार्की काण्डका कारण पार्टीले चुनावमा हार व्यहोरेको भन्दै देउवासँग यसको जवाफ मागेका थिए । उनले आफ्नो पार्टी नेतृत्वको सरकारले यी दुई कुरामा गल्ती गरेको भन्दै देउवाको आलोचना गरेका थिए ।

देउवाले तत्कालीन प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग तथा डिआइजी सिलवालाई प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादबारे जिल्ला सभापतिहरुलाई प्रष्टीकरण दिदै यी दुवै प्रकरणमा आफूले कुनै गल्ती नगरेको भन्दै आफ्नो बचाउ गरेका छन् । कार्यसम्पादन मूल्यांकनका आधारमा आइजीपी बढुवा गरेको उनले दाबी गरे । यद्यपी, सिलवाल अहिले तत्कालीन एमालेबाट सांसद भएको प्रसंगतर्फ संकेत गर्दै उनले सिलवाल एमाले भएका कारण बढुवा नगरिएको पनि बताए ।

‘जाली काम गर्ने अहिले कहाँ छन् ?’ देउवाले भने, ‘उनी (सिलवाल) त एमाले कार्यकर्ता रहेछन्, त्यही भएर उनलाई बढुवा नगरिएको हो ।’ सिलवालले पेस गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको भनेर तत्कालीन आइजीपी र लोकसेवा आयोगका अध्यक्षले भनेपछि आफूहरुले प्रकाश अर्याललाई आइजीपी बनाएको उनको भनाइ थियो । यद्यपी, देउवा नेतृत्वको सरकारले शुरुमा जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएको थियो । अदालतको फैसलापछि अर्याल आइजीपी भएका थिए ।

नक्कली कार्यसम्पादन मूल्यांकनका आधारमा फैसला गरेको भन्दै तत्कालीन प्रधानन्यायाधीश कार्कीमाथि देउवा नेतृत्वको सरकारले महाअभियोग पनि लगाएको थियो । तर, पछि महाअभियोग फिर्ता लगिएको थियो । ‘कार्कीको कार्यक्षमतामा पनि कमजोरी देखियो, त्यही कारण महाअभियोग लगाउनुपरेको हो,’ देउवाले प्रष्टिकरण दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved