हत्यापछि हतार हतार शव जलाउने प्रयास

  • प्रकाशित मितिः श्रावण २०, २०७७
  • 805 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । कुटपिटपछि हत्या गरी पशुपति आर्यघाटमा लगेर हतार हतार दाहसंस्कारको तयारी गरिएको शवलाई प्रहरीले आर्यघाटबाटै नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–९ का ५० वर्षीय रामकृष्ण नेपालीको शव पशुपति आर्यघाटमा हतार हतार जलाउने तयारी हुँदै गर्दा नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङका अनुसार गत १५ गते साँझ कान्छा छोरा सन्तोष नेपालीले मादकपदार्थ सेवन गरी बाबु रामकृष्णलाई कुटपिट गरेका थिए । सो क्रममा लडेर घाइते भएका उनी १६ गते बिहानसम्म पनि बेहोस अवस्थामा रहेको देखेपछि पाटन अस्पताल पु-याइएको थियो ।

तर, रामकृष्णका जेठा छोरा नेपाली सेनामा कार्यरत रहेकाले उनकै सुझावअनुसार घाइते रामकृष्णलाई पाटन अस्पतालबाट सैनिक अस्पताल छाउनी लगिएको थियो । छाउनी अस्पतालमा नै उनको शनिबार बिहान निधन भएको थियो ।

कुटपिटपछि घाइते भएका बुबा बिहानसम्म नै बेहोस भएपछि सन्तोषले बुबा अनियन्त्रित भई लडेर घाइते भएको भन्दै आफन्तलाई खबर गरेका थिए । तर, आफन्तहरूले भने लडेर नभई गम्भीर चोट भएकाले हत्याकै नियतले आक्रमण भएको आशंका गरेका थिए । सो क्रममा छाउनीमा उपचारमा संलग्न चिकित्सकले समेत टाउकामा गम्भीर चोट रहेको बताएका थिए ।

डिएसपी तामाङले अस्पतालसँगको सोधपुछका क्रममा टाउकामा गम्भीर चोट रहेको र आफन्तले समेत हत्याकै नियतले आक्रमण गरेको भन्दै प्रहरीमा जानकारी गराएपछि पशुपति आर्यघाटबाट शव नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले हत्याको आशंकामा रामकृष्णका कान्छा छोरा सन्तोष नेपालीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved