कोरोना अपडेट : विश्वभर मृतकको संख्या ७ लाख १९ हजार, के छ सार्क राष्ट्रको अवस्था?

  • प्रकाशित मितिः श्रावण २४, २०७७
  • 691 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ९२ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ९२ लाख ९५ हजार ३ सय ५० जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ। 

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४९ लाख ४० हजार ९ सय ३९ पुगेको छ। त्यस्तै  ब्राजिलमा २९ लाख ६२ हजार ४ सय ४२, भारतमा २० लाख २७ हजार ७४  र रुसमा ८ लाख ७५ हजार ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ। 

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख  १९ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ७ लाख १९ हजार ८ सय ५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। 

अमेरिकामा १ लाख ६१ हजार ३ सय २८, ब्राजिलमा ९९ हजार ५ सय ७२, बेलायतमा ४६ हजार ५ सय ९६ , मेक्सीकोमा  ५१ हजार ३ सय ११ , इटालीमा ३५ हजार १ सय ९० जनाको मृत्यु भएको छ।

विश्वभर एक करोड १६ लाख ८१ हजार ४ सय ५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ। 

शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २२ लाख ७२ हजार २ सय ९९  , अमेरिकामा १६ लाख २३ हजार ८ सय ७०, रुसमा ६ लाख ८२ हजार २ सय ७८ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि २२ हजार २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ हजार ८ सय १४ जना संक्रमणमुक्त भएका छन् भने ७० जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या  २० लाख २७ हजार ७४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४१ हजार ५ सय ८५  पुगेको छ। भारतमा हालसम्म १३ लाख ७८ हजार १ सय ५ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख ८२ हजार ६ सय ४५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ५२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ५८ हजार ९९ जना उपचारपछि निको भएका छन्।

श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ३९ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ५ सय ६४ रहेको छ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ५ सय २ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ३ सय ३३  जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  १ लाख ४४ हजार ५ सय ८४ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार १५ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ७ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ९ सय ३ उपचारपछि निको भएका छन्।

भुटानमा संक्रमितको संख्या १०८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ९६ छ।

माल्दिभ्समा संक्रमितको संख्या ४ हजार ७ सय ६९ रहेको छ। मृत्यु हुनेको संख्या १९ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ७ सय ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved