घर आँगन बचत तथा ऋण सहकारी संस्थाले मनायो १२ औं वार्षिक साधारण सभा

  • प्रकाशित मितिः साउन २४, २०७७
  • 1066 पटक पढिएको
  • समय अनलाइन

मोरङ : प्रदेश नं १ मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं ७ गोठगाउँ स्थित घर आँगन बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।  सुन्दरहरैंचा वार्ड नं ७ मा रहेको लालीगुराँस भजन किर्तन समूहको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष सोमनाथ निरौलाको प्रमुख आतिथ्यता रहेको थियो भने सोही संस्थाका अध्यक्ष उमेश उप्रेतीको सभापतित्व रहेको थियो।
 
उक्त कार्यक्रममा प्रमुख अतिथि निरौलाले अहिले देशमा सहकारीको महत्वपूर्ण भूमिका रहेकाले सहकारीहरु व्यवसायिक हुनुपर्ने ,आफ्ना वित्तीय कारोबारहरुलाई अरु बैंक, फाइनान्स हरु संग प्रतिष्पर्धी रूपमा उच्च प्रविधिको प्रयोग गर्दै सदस्यहरूको सामाजिक, आर्थिक, सांस्कृतिक रुपान्तरणको भूमिका खेल्नु पर्ने बताएका छन् भने कार्यक्रमका विशिष्ठ अतिथि वार्ड नं ७ का वडाध्यक्ष चैतन्य सिटौला, सुन्दरपुर साकोसका अध्यक्ष कृष्ण प्रसाद दाहाल र सहकारी एकीकरण कार्यदलका संयोजक कृष्ण प्रसाद भुर्तेलले शुभकामना मन्तव्य दिएका थिए।
117336387_1397197807335359_444741611014224999_n
 
हाल सम्म संस्थाले ३८ लाख ३४ हजार ३०० सेयर पुँजी , १ करोड २५ लाख ९८ हजार ९ सय ७९ बचत, २४ लाख ८० हजार १ सय ६१ कुल आम्दानी, १ करोड ५६ लाख ७८ हजार २ सय ८१ ऋण लगानी , साथै ५ लाख ८५ हजार ९ सय ६० कुल नाफा गर्न सफल भएको यस संस्थाले जम्मा ६९७ जना सेयर सदस्य बनाउन सफल भएको छ भने साधारण सभा संस्थाका सचिव अम्बिका प्रसाद सापकोटाले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved