कोशी अस्पतालमा ज्यान गुमाएका पुरूषमा कोरोना पुष्टि

  • प्रकाशित मितिः साउन २४, २०७७
  • 936 पटक पढिएको
  • समय अनलाइन

विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा आइपुग्दा शुक्रबार विहान ज्यान गुमाएका पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो । उनको शवलाई आइसोलेशनमा राखेर स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको परीक्षणमा मृतक पुरूषको कोरोना रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतलाका आइसोलेशन इन्चार्ज डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । अहिले ३ बजे आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

डा. यादवका अनुसार विहान ९ः४० बजे अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेको मृतकमा कोरोनासँग मिल्ने लक्षण रहेकोले स्वाब संकलन गरि परीक्षणको लागि पठाइएको थियो ।  ३ बजे आएको रिपोट अनुसार पोजेटिभ देखिएको छ ।

कोशी अस्पतालमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने विराटनगरका मात्र ३ जनाको मृत्यु भएको छ । यसअघ विराटनगरका ५ र ९ का पुरूषको कोरोनाबाट मृत्यु भएको थियो ।शुक्रबार मृत्यु भएकोसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved