उदयपुरमा खोलाबाट अवैध रूपमा खोला उत्खनन् गरी संकलन गरिएको भारी परिमाणमा ढुंगा बरामद गरिएको छ । उदयपुरगढी गाउँपालिका–७ कोल्टेको बलान खोलाको ढुंगा बरामद गरिएको हो ।
करिब दुई हजार आठ सय ४८ घनमिटर बराबरको ढुंगा बरामद गरिएको प्रहरीले जनाएको छ । ढुंगा चोरी निकासी गर्ने समूहले उत्खनन् गरी खोला किनार र गाउँमा संकलन गरेर राखेको अवस्थामा बरामद गरिएको जिप्रका उदयपुरका प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।
तर, कसले र कहिलेबाट संंकलन गरी भण्डारण गरेको हो भन्ने हालसम्म खुल्न सकेको छैन । दाहालका अनुसार भण्डारण गरिएको ढुंगा स्थानीय मूल्य अनुसार करिब ४० लाख बराबरको छ ।
स्थानीय तहबाट बिना टेण्डर तथा बिना स्वीकृति जेसिभी र टिपरसमेत प्रयोग गरी ढुंगा चोरी निकासी गर्ने गरेको स्थानीयले बताए । अवैध काममा स्थानीय ट्याक्टर व्यवसायी र स्थानीय राजश्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षको संलग्नता रहेको स्थानीयको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved