पाँचथरकाे यासोकमा खानेपानीको संकट

  • प्रकाशित मितिः असार ९, २०७५
  • 1258 पटक पढिएको
  • Mausam

पाँचथर । सुख्खाग्रस्त कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा खानेपानीको हाहाकार भएको छ । केही दिनअघि सडकमा बिच्छाइएको खानेपानीको पाइप बजार व्यवस्थापनले हटाएपछि खानेपानीको समस्या भएको हो ।

बजारमा विगत लामो समयदेखि खानेपानीको समस्या हँुदै आएको छ । दिन बिराएर प्रतिघरधुरी ५० लिटर पानी धारामा थाप्दै आएका बजारबासीहरु अहिले पानी आउन छाडेपछि मारमा परेका छन् ।

बजार आसपास पानीको स्रोत नभएकाले ट्र्याक्टरमा ढुवानी गरेको पानी प्रयोग गर्न बाध्य भएको स्थानीय होटल व्यवसायी केशव थापाले बताउनुभयो ।

अल्पकालीन रुपमा बजारमा देउराली खानेपानी आयोजनाको पानी दिन बिराएर आउने तर त्या पानी पनि आउन छाडेको छ । खानेपानीको हाहाकार भएपछि गाउँपालिकाको ट्र्याक्टरबाट स्थानीय छोरुङगा खोलाकोे पानी बजारमा बितरण गरिँदै आइएको छ ।
विगत लामो समयदेखि गाउँपालिकामा खानेपानीको चर्को समस्या छ । यासोक–देउराली खानेपानी आयोजनाले व्यवसायीहरुलाई पानी वितरण गर्दै आए पनि स्थानीय बासिन्दाको मागलाई धान्न सकिरहेको छैन ।

यासोक–देउराली खानेपानी आयोजनामा ६ सय ५० घरधुरी आश्रित रहेका छन । तर पानीको चुहावट रोक्न नसक्दा बजारवासीले लामो समयदेखि खोलाको पानी उपभोग गर्दै आएका छन । बजारमा दैनिक दुई लाख ५० हजार लिटर पानी खपत हुने गर्दछ । तर अहिले दैनिक ४० हजार लिटर मात्रै पानी आपूर्ति भइरहेको छ ।

बजार व्यवस्थापन गर्न अझै केही दिन लाग्ने भएकाले खानेपानीको समस्या थप केही समयसम्म रहने बजार व्यवस्थापन उपभोक्ता समितिका सचिव महेन्द्रबहादुर खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved