विराटनगर / प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकाछन् । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालय अनुसार आइतबार प्रदेश औद्योगिक ब्यवसायका सम्बन्धमा बनेको विधेयक, प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथख तत् सम्बन्धी अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक, प्रदेश नं १ बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, र प्रदेश नं १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण भएको हो ।
प्रदेश प्रमुख प्यासीले पदभार ग्रहण गरिकन हालसम्म विभिन्न ११ वटा विधेयक प्रमाणीकरण गरिसकेकाछन् । प्रदेश प्रमुख सचिवालयका खेमराज अधिकारीका अनुसार हालसम्म प्रदेश सरकारले ४९ वटा विभिन्न विधेयक पारित गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved