जिल्ला अदालत मोरङका न्यायाधीशमा कोरोना, अदालत तीन दिन बन्द

  • प्रकाशित मितिः श्रावण २६, २०७७
  • 1382 पटक पढिएको
  • समय अनलाइन

विराटनगर / जिल्ला अदालत मोरङका एक जना न्यायाधीशमा कोरोना संक्रमण देखिएकाे छ । न्यायाधीशमा कोरोना संक्रमण देखिए पछि अदालतकाे काम कारबाही सोमबारबाट तीन दिनका लागि बन्द गरिएको छ । न्यायाधीशमा सोमबार कोरोना संक्रमण पुष्टि भए पछि अदालत तीन दिनका लागि बन्द गरिएको सूचना अधिकारी युवराज पौडेलले जनाकारी दिए । 

 

कोरोना महामारीका समयमा अदालतले अहिले अति आवश्यकीय सेवासहित, पक्राउ पूर्जी जारी, थुनुवाको म्याद थप, मुद्दाको थुनछेक गर्ने लगायतका काम कारबाही गर्दै आएको थियो । तीन कर्मचारी र एक न्यायाधीश गरेर चार जनाको स्वाब परीक्षण गरिएकोमा न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको हो । अरु तीन कर्मचारीको रिपोर्ट नेगेभिट आएको छ ।

आफूसँग सम्पर्कमा रहेका एक जना प्रहरी अधिकृतमा कोरोना देखिएपछि न्यायाधीशले पनि आइतबार स्वाब परीक्षणका लागि पठाएका थिए । न्यायाधीशमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका अदालतका ४० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको पौडेलले बताएका छन्र । सबै कर्मचारीको पीसीआर परीक्षण रिपोर्ट प्राप्त भइसकेपछि अदालतको काम कारबाही कसरी अघि बढाउने भन्ने निर्णय हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved