झुण्डिएको होइन झुण्ड्याइएको हो, प्रहरी प्रशासन मुकदर्शक

  • प्रकाशित मितिः श्रावण २७, २०७७
  • 7204 पटक पढिएको
  • समय अनलाइन

जीवन फूयाल/जिल्ला भोजपुर साविक भैंसीपंखा गा.वि.स. वडा नं. ७ हाल परिवर्तित भोजपुर न.पा. वडा नं. १० खुरिला निवासी स्व. बल बहादुर श्रेष्ठको नातिनी एवं (म) बम बहादुर श्रेष्ठको जेठी छोरी सजना श्रेष्ठको मिति २०७४ साल मंसिर २८ गतेका दिन जिल्ला धनकुटा साविक मुगा गाविस वडा नं.८ हाल परिवर्तित पाख्रीबास न.पा. वडा नं. ८ भुँवारे निवासी डम्बर बहादुर प्रधानको छोरा गणेश प्रधानसँग परम्परा अनुसार विवाह भएको थियो । मेरी छोरी सजनाले जि.धनकुटा पाख्रीबास न.पा. वडा नं.४ स्थित सुसिला गुरुङको सटर बहालमा लिई पसल गर्दै थिइन् भने ज्वाइँ गणेश प्रधान वैदेशिक रोजगारीमा जानु भएको थियो । ज्वाइँ वैदेशिक रोजगारीमा रहेकै बखत विदेशबाटै मेरी छोरी सजनालाई अनावश्यक मानसिक पिडा तथा तनाब दिइरहने गरेको कुरा छोरीले मलाई, आमालाई र बहिनीलाई जानकारी दिने गरेकी थिइन् । गत साल २०७६ अशोज महिनामा ज्वाइँ विदेशबाट घर आएपछि एक्कासि २०७७ साल श्रावण २४ गते विहान ०४ः२३ मा ज्वाइँ गणेश प्रधानले मो.नं. ९८२५३७३८३४ बाट मलाई फोन गरी सजना श्रेष्ठ झुण्डिएर मरेको हुँदा तुरुन्त आउनु भन्ने खबर पाएको थिएँ ।

घटना भएको स्थान जिल्ला धनकुटा पाख्रीबास न.पा. वडा नं. ६ स्थित ज्वाइँ गणेश प्रधानको नयाँ बनाएको सगोलको घरमा रहेछ । म त्यहाँ पुग्दा मै जे जस्तो अवस्थामा मेरी छोरीलाई देखेँ मैले सोको १ प्रति फोटो पनि लिएको छु । यस घटनामा मेरो छोरीले आपैm झुण्डिएर मरेको नभई मेरो ज्वाइँ गणेश प्रधान र निजको घरपविार प्रति मलाई कर्तव्य गरी मारेको हुनसक्ने आशंका रहेको हुँदा मैले सोही दिन जिल्ला प्रहरी कार्यालय धनकुटामा आएर निवेदन गर्दा मेरो निवेदन प्रहरीले अस्वीकार गरेको थियो । त्यसपछि मैले जिल्ला सरकारी वकिल कार्यालय धनकुटामा निवेदन दिएको थिएँ । हालसम्म पनि उक्त घटनामा आशंका गरिएको दोषी खुलेआम हिडिरहेको हुँदा अनुसन्धानको दायरामा ल्याउनका लागि सम्बन्धित सरोकारवाला प्रहरी प्रशासन एवं निकायहरुको ध्यानाकर्षण गरी दोषि पाइए प्रचलित ऐन, नियम, कानुन, नजिर अनुसार दण्ड सजाय गरी पाउन आवश्यक सहयोगका लागि पत्रकारज्यूहरु समक्ष जानकारीको लागि यो पत्रकार सम्मेलन गरी जानकारी गराइ सकेको छ ।

उक्त घटनाको साक्षीको अनुसार उक्त घटनाको सरजमिन मुचुल्कामा मृतकको शरीरमा देखिएको चोट निधारमा भएको टुटुल्को, शरीरमा भएको दाग र ओठमा भएको निल डाम उल्लेख नभएको गुनासो गर्दा सोको पोष्ट मार्टम रिपोर्टमा उल्लेख हुने र फोटो भिडियो खिच्न खोज्दा पिडित पक्षलाई उपलब्ध गराउने भनी आश्वासन दिएको तर हालसम्म यसको कुनै पनि सामग्री उपलब्ध नगराएको साथै आरोपित व्यक्तिलाई कानूनको दायराभित्र ल्याउने कुनै कदम नचालिएको गुनासो पिडित पक्षको छ ।

पिडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी प्रहरी लिन नमानेको साथै प्रहरीले नै ढिलासुस्ती गरेको आरोप छ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved