मालपोत कार्यालय उदयपुरका ६ जना कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण

  • प्रकाशित मितिः श्रावण २८, २०७७
  • 632 पटक पढिएको
  • समय अनलाइन

उदयपुर / मालपोत कार्यालय उदयपुरका ६ जना कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिकाका ८ जना र बेलका नगरपालिकाका ७ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । संक्रमित हुने मालपोत कार्यालयका कर्मचारीहरुमा २६, ३२, ३८, ४२ र ४४ वर्षिय पुरुष र ३२ वर्षिय महिला रहेका छन् ।

 

मालपोत कार्यालयका कर्मचारी कै परिवारका ३० र ६२ वर्षिय महिला पनि संक्रमित भएको छ । यस अघि नै मालपोतका एक ३४ वर्षिय कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसकै कन्ट्राक्ट टे«सिङको आधारमा मालपोतका कर्मचारी र संक्रमित परिवारको स्वाब परीक्षण गरिएको थियो ।

यस्तै बेलका नगरपालिका ९ का ७ जना संक्रमित भएका छन् । ३ पुरुष र ४ महिला रहेका छन् । संक्रमित हुनेहरुमा १८, ३१ र ६८ वर्षिय पुरुष रहेका छन भने १७, २०, २० र ६० वर्षिय महिला रहेका छन् । बेलका नगरपालिकामा देखिएका संक्रमित सवै समुदाय स्तरकै हुन् ।

उदयपुरमा कोरोना संक्रमितको संख्या २८ महिलासहित १०४ पुगेको छ । हालसम्म बेलका नगरपालिकामा ३१ जना, त्रियुगा नगरपालिकामा ५९ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved