झापामा काेराेनाकाे त्रास : अस्पताल डुलाउँदा डुलाउँदै दुईको मृत्यु

  • प्रकाशित मितिः श्रावण २८, २०७७
  • 988 पटक पढिएको
  • समय अनलाइन

झापा / कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएकोे जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा आज दुई जनाको मृत्यु भएको छ । मेचीनगर –५ का ११ वर्षीय सागर तामाङ र कनकाई –५ का १७ वर्षीय रोशन सुनारको मृत्यु भएको हो । फुटबल खेल्दा सामान्य घाइते भएका दुवैलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

 

अस्पतालहरुले पिसिआर परीक्षणबाट कोभिड –१९ नभएको रिपोर्ट ल्याएपछि मात्र उपचार गर्ने भनी एकले अर्कालाई रेफर गरेका कारण अस्पताल डुलाउँदा डुलाउँदै दुवैको मृत्यु भएको थियो । सोमबार ज्वरो बढेकाले तामाङलाई उपचारका लागि राति १ बजे बिर्तामोडको कनकाई हस्पिटल पु¥याइएको थियो । कनकाईले बालकलाई बिएण्डसी हस्पिटल लैजान सिफारिस गरेको थियो ।

बिएन्डसीले पनि धरान लैजान सिफारिस गरेको थियो । बिएण्डसी हस्पिटलले छातीको एक्सरे गरेपछि निमोनिया भएको ठहर गर्दै कोरोना सङ्क्रमण हुन सक्ने आशङ्कासहित बिरामीको पिसिआर परीक्षण गर्न र धरान लैजान सिफारिस गरेको थियो । त्यसपछि बालकको उपचार अभावमै बिहान ४ बजेतिर मृत्यु भएको थियो । यसैगरी कनकाईका सुनारलाई गए राति उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटल लगिएको थियो । बिर्तासिटीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएको जनाउँदै अन्यत्र लैजान सिफारिस गरेपछि उनलाई कनकाई हस्पिटल लगिएको थियो ।

कनकाईले मेची अञ्चल अस्पताल लैजान सिफारिस गरेको थियो भने मेची अस्पतालले आइसियु खाली नभएको जनाई भद्रपुरकै ओमसाई पाथीभरा हस्पिटल पठाएको थियो । ओमसाईले कोभिड–१९ परीक्षण नभएको जनाई मेचीमै फर्काएको थियो । त्यसपछि मेची अस्पतालमा उनको मृत्यु भयो । मेचीनगर–५ का वडाध्यक्ष योगेश थापा मगरले अस्पतालहरुले उपचार नगरी अन्यत्र पठाउने गरेकै कारण बिरामीको मृत्यु हुनु सर्वसाधारणको स्वास्थ्यमाथिको गम्भीर खेलबाड भएको बताउनुभयो ।

‘कोरोना महामारीको समय छ भन्दैमा अन्य बिरामीको उपचारै नगरी बेवास्ता गर्नु ठीक भएन’, वडाध्यक्ष थापाले भन्नुभयो, ‘उपचार नै नगर्ने हो भने हस्पिटल हुनु र नहुनुको के अर्थ रह्यो ?’ बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले ज्वरो आएका बालकको उपचार गरिएको तर कोरोनासँग मिल्दोजुल्दा लक्षण देखिएपछि कोभिडको परीक्षण हुने र उपचार हुने अस्पतालमा लैजान सिफारिस गरिएको बताउनुभयो । कोभिडको उपचार र पिसिआर परीक्षण बिएण्डसी हस्पिटलमा नहुने हुँदा शङ्कास्पद बिरामीलाई अन्यत्र पठाउनु बाध्यता भएको उहाँको भनाइ थियो । झापामा मेची अञ्चल अस्पतालमा मात्र कोभिड –१९ को पिसिआर परीक्षण र उपचार हुने गरेको छ । पच्चीस शय्याको आइसोलेशन वार्ड भने सङ्क्रमितले भरिएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved