सुनसरीमा २ सय ३८ संक्रमित, आइसोलेसन वेड थपिदै

  • प्रकाशित मितिः साउन २९, २०७७
  • 1000 पटक पढिएको
  • समय अनलाइन

इनरुवा / जिल्लामा संक्रमित बढ्दै गएपछि आइसोलेसन वेडको क्षमता समेत बढाउन थालिएको छ । अस्पतालमा वेड अभाव हुन थालेपछि संक्रमित राख्न सुनसरी प्रशासनले आइसोलेसन वेड थप्ने पहल थालेको थियो । प्रदेश सरकारले समेत सुनसरीमा १ सय ५० वेड स्विकृत गरी सकेको छ । सोही अनुरुप सुनसरीको हरिनगर गाउँपालिकामा रहेको भुटाहा जेनरल हस्पिटलको भवनमा ५० वेडको आइसोलेसन संचालनमा ल्याई सकिएको छ । चरतामा १ सय वेड संचालनको अन्तिम तयारीमा छ ।

 

त्यसैगरी धरानमा समेत ५० वेडको आइसोलेसन तयार पारिएको सुनसरी प्रशासनले जनाएको छ । जसमध्ये २२ वेड तत्कालैबाट संचालनमा आउने गरी व्यवस्था मिलाइएको सुनसरी प्रशासनले जनाएको छ । प्रशासनले जिल्लामा आवश्यक्ता अनुसार थप व्यवस्थापन मिलाउने गरी पूर्व तयारीमा जुटेको समेत जनाएको छ ।

यसै बिच सुनसरीमा कोरोना संक्रमितको संख्या २ सय ३८ पुगेको छ । सुनसरीमा आजै मात्र १५ जना संक्रमित थपिएका छन् । प्रदेश सरकारले १४ जना थपिएको जनाए पनि स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लाभर आज १५ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईका अनुसार सुनसरीको धरानमा ९, दुहबीमा ४ र कोशी गाउँपालिकामा २ संक्रमित थपिएका छन् । प्रसाईका अनुसार जिल्लाका कुल संक्रमित मध्ये १ सय २८ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved