प्रेस युनियन द्वारा ९ सुत्र को माग

  • प्रकाशित मितिः साउन ३१, २०७७
  • 1579 पटक पढिएको
  • समय अनलाइन

 

युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न दश जिल्लाका अध्यक्षहरुको सहभागितामा आज भएको भर्चुअल संवादबाट साझा धारणा तय गर्दै सरकार तथा संचार सम्बद्ध व्यवसायिक संघ संगठनप्रति ती माग प्रस्तुत गरिएको हो ।

कोभिड महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासंग ९ सुत्रीय माग अघि सारेको छ । युनियनले जोखिम क्षेत्रमा रहेका पत्रकारहरुको कोभिड–१९ परीक्षण दर बढाइयोस र संक्रमणमा परेका पत्रकारहरुको उपचारमा ध्यान दिन तथा प्रदेश राजधानी विराटनगर र जिल्लामा पत्रकारहरुमा संक्रमण पुष्टि हुनासाथ आईसोलेसन सेन्टर तथा अस्पतालमा भर्ना गर्ने व्यवस्था गर्न,
कोभिड–१९ का कारण आर्थिक संकटको सामाना गरिरहेका पत्रकारहरुलाई सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रबाट लेखनवृत्ति कार्यक्रम सञ्चालन तथा यसलाई पारदर्शी अनि सहभागितामुलक बनाउन, सरकारद्वारा विषम परिस्थितिमा सञ्चारकर्मी र सञ्चार गृहका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न,

कोरोना भाईरस सङ्क्रमका कारण बन्द भएका र सञ्चालनमै समस्या भईरहेका अनलाईन, रेडियो र भिटी जस्ता सञ्चार गृहका निम्ति सरकारले ‘सफ्ट बैंक लोन’ तथा अन्य कल्यणकारी योजनाको व्यवस्थापन गर्न,

साना लगानीका मिडियालाई प्रेस काउन्सिलबाट अहिलेको विषम परिस्थितिमा अंक नपुगेपनि स्वतः नवीकरण हुने व्यवस्था गर्न,महामारीका बेलामा सुरक्षित हुँदै पत्रकारिता गर्ने उपायको विषयमा नेपाल पत्रकार महासंघद्वारा भर्चुअल तालिमको व्यवस्था गर्न, धेरै पत्रकारको गुमेको रोजगार पुनःस्थापित गर्न नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियन केन्द्रीय समितिले सरकारलाई दबाब दिएर रोजगार बैंकको प्रबन्ध गर्न आवश्यक पहल गर्न भनिएको छ ।

यसैगरी वर्ष २०७७ साल अवधिको महासंघको सदस्यतामा नवीकरणमा लाग्ने सम्पूर्ण शुल्क छुट गरियोस र महासंघले आफ्ना सदस्यका लागि कोरोना बीमाको प्रबन्ध गर्न र कार्यरत पत्रकारहरुलाई राष्ट्रिय मिडियाहरुले लामो समयदेखि पारिश्रमिक नदिएकोले तत्काल पारिश्रमित उपलब्ध गराउन महासंघ अनि युनियनका केन्द्रीय समितिले पहल गनै माग गरिएको छ ।

युनियनले प्रदेश तथा जिल्लामा भएका समस्याबारे जिल्लास्तरबाटै समाधान गर्न दबाब दिन पनि आग्रह गरको छ ।
छलफलले कोरोना संक्रमण पुष्टि भएका पत्रकारहरुको स्वास्थ्य लाभको कामना गर्दै अग्रज पत्रकार बलराम बानियाँ प्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ ।

छलफलमा युनियनका पूर्वाञ्चल संयोजक लिलावल्लव घिमिरे, सुनसरी सभापति पवन अधिकारी, मोरङ सभापति कुमार लुइँटेल, पाँचथर सभापति भीम बाँस्कोटा, इलाम सभापति विप्लव भट्टराई, खोटाङ सभापति उत्तम चम्लागाईं, उदपयुर सभापति पर्शुराम थापा, ताप्लेजुङ सभापति सन्तोष पुर्कटी, तेह्रथुम सभापति टीआर लिम्बू, धनकुटा सभापति हिमा चेम्जोङ र झापा सभापति इन्दू पूर्वेली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved