एसईईमा न्यून अंक ल्याउनेले ११ कक्षा पढ्न नपाइन सक्छ!

  • प्रकाशित मितिः असार १०, २०७५
  • 1582 पटक पढिएको
  • Mausam

अक्षराकंन प्रणालीमा परीक्षाफल आउन थालेसँगै न्यून स्तरीकृत अंक (जिपिए) ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा भर्ना पाउने भए पनि विद्यार्थीले मेहनत गर्न छाडेको माध्यमिक परीक्षा कक्षा १० को नतिजाले देखाएको छ।

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्डअनुसार कक्षा ११ मा विद्यार्थी भर्नाका लागि एसइइमा डी प्सल (१ दशमलव ६) ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ल्याउने विद्यार्थीले पनि पाउने व्यवस्था लागू भएपछि विद्यार्थीको गुणस्तर खस्किएको हो ।

अक्षराकंन प्रणाली (लेटर ग्रेडिङ) मा उत्तीर्ण र अनुत्तीर्ण किटान नगरी स्तरीकृत अंकमा विद्यार्थीको नतिजा आउन थालेपछि नपढे पनि वा राम्रोसँग नपढे पनि पास भइन्छ अर्थात् कक्षा ११ मा भर्ना हुन्छ भन्ने सन्देश विद्यार्थी, शिक्षक र अभिभावकमा परेका कारण गुणस्तरमा प्रगति नभएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजनिक गरेको २०७४ सालको परीक्षाको नतिजाअनुसार डी प्लस ल्याउनेमा ३५ हजार ५८४ विद्यार्थी देखिएका छन् । अघिल्लो वर्ष यो श्रेणीमा ६४ हजार ५७७ विद्यार्थी सफल भएका थिए । जबकी अघिल्लो वर्ष कूल विद्यार्थीको संख्या सात हजारले कम थियो ।

शिक्षाविद् डा मनप्रसाद वाग्लेले सी प्लस (३ दशमलव ५) मा ६० हजार विद्यार्थी देखिनुले विद्यालय शिक्षा प्रणालीमा गुणस्तर खस्केको देखाएको बताए।  ‘विद्यार्थीमा अरुभन्दा सक्षम वा राम्रो अंक ल्याउनुपर्छ भन्ने भावना कम हुँदै गयो । जसरी हुन्छ १ दशमलव ६ जिपिए ल्याए हुन्छ भन्ने मान्यता स्थापित भएको देखियो’ वाग्लेले भने। परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले परीक्षा प्रणाली र नतिजाबारे विस्तृतमा समीक्षा गर्न अहिले नै हतार हुने बताए।

सरकारको नीतिअनुसार (जिपिए) २ ल्याएका विद्यार्थीले कक्षा ११ मा विज्ञान विषय पढ्न पाउनेछन् । सो विषय पढ्न एसइइमा अंग्रेजी, गणित, विज्ञान, सामाजिक, र नेपालीमा डी प्लस प्राप्त भएको हुन आवश्यक छ । विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीले विज्ञान र गणितमा सी प्लस र अँग्रेजीमा सी अनिवार्य ल्याउनुपर्छ । व्यवस्थापन, शिक्षा, मानविकी संकाय अध्ययन गर्न १.६ जिपिए ल्याउनेले पनि अवसर पाउने छन् । ३० देखि ४० प्रतिशत अंक ल्याउनेको जिपिए १.६ मानिन्छ ।

व्यावसायिक धारमा पढ्न चाहनेले विज्ञान, अँग्रेजी र गणितमा सी अनिवार्य ल्याउनु पर्ने, व्यवस्थापनका लागि गणितमा सी अनिवार्य तर ट्रालभ एण्ड टुरिज्म, आमसञ्चार र होटल म्यानेजमेण्ट पढ्न चाहनेले अँग्रेजीमा अनिवार्य सी ग्रेड ल्याउनुपर्ने र विज्ञानमा कमजोर भए पनि हुने व्यवस्था गरिएको छ । विज्ञानबाहेक अरु संकायमा गणित ऐच्छिक लिनेका लागि गणितमा सी अँग्रेजी ऐच्छिक लिने भए अँग्रेजीमा सी विज्ञान ऐच्छिक लिने भए विज्ञान र गणितमा सी, नेपाली ऐच्छिक लिने भए नेपालीमा सी स्वास्थ्य र शारीरिक शिक्षा ऐच्छिक पढ्न चाहनेले पनि सी ल्याउनै पर्ने व्यवस्था छ ।

२ भन्दा कम जीपीए ल्याएका विद्यार्थीले लोकसेवाको जाँचै दिन पाउँदैनन्।

त्यसैले शनिबार प्रकाशित एसईई परीक्षामा पास भएको भनेर मख्ख पर्नुको साटो कुन–कुन विषयमा कुन ग्रेड आयो र त्यो ग्रेडले आफूले चाहेको विषय पढ्न पाइन्छ कि पाइदैन भन्ने निक्र्यौल गर्न आवश्यक देखिएको छ ।

जीपीए, ग्रेड, तथा कुन विषय पढ्न कुन विषयमा कुन ग्रेड ल्याएको हुनुपर्ने भन्ने कुरा बुझ्न निकै झण्झटिलो भएकाले यसका लागि आफ्नो विद्यालयमा सम्पर्क गर्न शिक्षाविदहरुले सुझाव दिएका छन् । 

सी डी प्लस डी र ई जीपीए ल्याएका विद्यार्थीले स्तरबृद्धिका लागि परीक्षा दिन पाउँछन् । ग्रेड बृद्धिको परीक्षा आउँदो साउन २३ गतेदेखि परीक्षा सञ्चालन हुनेछ । 

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट गत २०७२ मङ्सिर २३ मा स्वीकृत भएपछि शिक्षा मन्त्रालयले ‘विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ जारी गरेको थियो । सोही वर्षबाट यो प्रणाली लागू भएको थियो । ‘अक्षराङ्कन’ भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुति मानिन्छ ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार ग्रेड निर्धारण तालिका विवरणः

सि नं प्राप्तांकको वर्गान्तर (प्रतिशतमा)       ग्रेड व्याख्या      स्तरीकृत अंक (ग्रेड प्वाइन्ट)

१      ९० र सोभन्दा माथि ‘ए’ प्लस      अति उत्तम ४.०

२      ८० र सोभन्दा माथि ९० भन्दा कम ‘ए’  उत्तम ३.६

३      ७० र सोभन्दा माथि ८० भन्दा कम ‘बी प्लस’ धेरै राम्रो     ३.२

४      ६० र सोभन्दा माथि ७० भन्दा कम ‘बी’ राम्रो  २.८

५      ५० र सोभन्दा माथि ६० भन्दा कम ‘सी प्लस’ सन्तोषजनक       २.४

६      ४० र सोभन्दा माथि ५० भन्दा कम ‘सी’        स्वीकार्य    २.०

७      ३० र सोभन्दा माथि ४० भन्दा कम ‘डी प्लस’ आंशिक स्वीकार्य        १.६

८      २० र सोभन्दा माथि ३० भन्दा कम ‘डी’ अपर्याप्त     १.२

९      २० भन्दा कम ‘इ’       धेरै अपर्याप्त        ०.८

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved