सशस्त्र प्रहरी गण रानीमा कार्यरत थप ४२ प्रहरीमा कोरोना संक्रमण

  • प्रकाशित मितिः भदौ ३, २०७७
  • 951 पटक पढिएको
  • समय अनलाइन

विराटनगर / विराटनगरको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानीमा कार्यरत थप ४२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका ९६ जनामध्ये ४२ जना प्रहरी कर्मचारी हुन् । जसमा १० महिला र ३२ जना पुरुष छन् । सशस्त्र प्रहरी गण प्रदेश १ प्रहरी कार्यालयकै छेउमा छ ।

 

५० जना प्रहरीको स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा ४२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक पोखरेलले प्रहरी कर्मचारीमा कोरोना देखिएको पुष्टि भए पनि संख्या यकिन नभएको बताए । प्रहरीभित्र संक्रमण व्यापक रहेको पाइएपछि गणलाई सिल गरिएको बताइएको छ । संक्रमण अन्यत्र फैलन दिन बाहिरबाट भित्र र भित्रबाट बाहिर आउजाउ बन्द गरिएको प्रहरी स्रोतले बतायो ।

प्रदेशमा सोमबारसम्ममा ८६ जना प्रहरी संक्रमित बनेका थिए । मंगलबार ४२ जना थपिएसँगै प्रदेश १ मा संक्रमित प्रहरीको संख्या एक सय २८ पुगेको छ । ती मध्ये ३८ जना प्रदेश प्रहरी कार्यालयका हुन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved