दलितमाथि मन्दिर दर्शन गर्न जाँदा कुटपिट

  • प्रकाशित मितिः भदौ ४, २०७७
  • 1142 पटक पढिएको
  • समय अनलाइन

जिल्ला प्रहरी कार्यालय कालिकोटले जातिय विभेद गरी कुटपिट गर्ने चारजनालाई पक्राउ गरेको छ । जिल्लाको शुभकालिका गाउँपालिका ८ निवासी पदम कामीको २२ वर्षीय छोरा पंख विकलाई जातीय विभेद गरी कुटपिट गर्ने स्थानीय चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी श्यामबाबु ओलीयाले बताए ।
 
उनका अनुसार पक्राउ पर्नेमा शुभकालिका गाउँपालिका ५ निवासी २६ वर्षीया कमल शाही, २७ वर्षीय युवराज शाही, वडा नं. ६ निवासी २२ वर्षीय अर्जुन शाही, वडा नं. ८ बस्ने १९ वर्षीय दिनेश सेजुवाल पक्राउ परेका हुन् । 

उनीहरु विरुद्ध जातीय भेदभाव तथा कुटपिट मुद्धा दर्ता गरी जिल्ला अदालत कालिकोटबाट १५ दिन म्याद थप गरिएको छ । घटनाको बारेमा विस्तृतरुपमा अनुसन्धान सुरु गरिएको डिएसपी ओलीयाले बताए । 

मन्दिर दर्शन गर्न जाँदा कुटपिट

शुभकालिका गाउँपालिका ७ मच्चेबारीमा रहेको मष्टो धवलपुराको मन्दिरमा साउन २६ गते पूजा थियो । उक्त पूजामा दर्शन गर्न जाँदा बीच बाटोमा दलित भएर देवताको दर्शन गर्न जाने भन्दै दुव्र्यवहार गरी कुटपिट गरेको डिएसपी ओलीयाले बताए । उनले भने, 'घाइते पंखका बुवा पदम विकले दिएको जाहेरिका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानमा धवलपुराको मन्दिरमा पूजा हुने र जात्रा लाग्ने भएकाले पंख विक जात्रा हेर्न मन्दिर गएको, बाटोमा ती चार जना युवाले अनावश्यक विवाद गरी कुटपिट गरेको खुलेको छ। 

पीडित पंख विकको खुट्टा र शरीरका विभिन्न भागमा निल डामहरु देखिएका छन् ।पीडित पंखका बुवा पदम कामीले धबलपुरा मन्दीरमा लाग्ने जात्रा हेर्न गएको छोरा फर्किँदा घाइते भएर आएको बताए । उनले भने, 'मेरो छोरा सोझो थियो । कसैसँग झगडा गर्दैन थियो । जात्रा हेर्न जाँदै गर्दा बीच बाटोमा दलितले हाम्रो अगाडी चस्मा लगाएर आउने, हिरो बन्ने, दलित भएर हाम्रो देवताको मन्दीरमा दर्शन गर्न जाने जस्ता अपमानित शब्दहरु बोली गाली गरेर कुटपिट गरे । छोराको यो बिजोक देखेपछि आफूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हुँ ।'
 
दलित अधिकारकर्मी चित्र विश्वकर्माले समाजमा जातिय विभेदका घटनाहरु अहिले पनि कमी नआएको बताए । दलित भएकै कारण समाजमा दलित समुदाय अन्यायमा छन् । उनले भने, 'साझा आवाज परियोजनाले जिल्लामा जातीय विभेद सम्बन्धि सचेतना गरिरहेको छ । समाजमा हुने विभेदका घटनाहरु न्याय निरुपण गर्न निकायमा ल्याउ प्रयास पनि गरिरहेको छ । पंख विकको घटनालाई पनि प्रहरी कार्यालयमा ल्याउन सहयोग गरेको हो ।'

जातिय विभेदसम्बन्धि बनेका ऐन कानुनको बारेमा समाजमा जानकारी गर्ने र समाज आफै सचेत नबनाएसम्म घटनामा कमी नआउने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved