काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोनाभाइरसको संक्रमण भएको छ । यसअघि दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेकामध्ये १७ जनामा पनि पोजेटिभ देखिएको हो ।
महाशाखाकाअनुसार प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको कोरोना परीक्षणमा उनीहरुमा पोजेटिभ देखिएको हो ।
दुई जना ट्राफिकलाई कोरोना संक्रमण देखिएपछि महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टाइनमा बसेका थिए । ती मध्ये १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved