कोरोनाबाट बिहीबार थप ६ जनाको ज्यान गयो
- प्रकाशित मितिः भदौ ४, २०७७
- 1064 पटक पढिएको
- समय अनलाइन
नेपालमा कोरोना भाइरसबाट बिहीबार थप ६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कोरोनाबाट ज्यान गुमाउनको संख्या १२६ जना पुगेको छ । यसअघि बुधबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले १२० जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो ।
अहिलेसम्म कोरोनाबाट २९ हजार ६४५ जना संक्रमित भएका छन। हालसम्म उपचार गरेर १७ हजार ९६४ जना निको भएका छन् । बिहीबारमात्रै देशभर ७०७ जनामा कोरोना पुष्टि भएको छ ।