बिपतको घडिमा नारायणसिंह मादेनलाई जुटेको अकल्पनिय सहयोग

  • प्रकाशित मितिः भदौ ६, २०७७
  • 1359 पटक पढिएको
  • समय अनलाइन

 

उर्लाबारी । ठुलो आन्द्रामा क्यान्सर रोग लागेर उपचाररत मोरङ उर्लाबारी—९ आम्बारीका नारायण सिंह मादेनको उपचारमा देशविदेशबाट लाखौं सहयोग जुटेको छ । कोरोना भाईरसको सन्त्रास अनि लकडाउनको सकसका विच पनि उहाँको उपचारका लागि सहगोगी मनहरु कतिपनि बिचलित हुनुभएन् ।
गीता मगर शेर्पा,गंगा प्रसाद याख्या, राजिब लिम्बू,सृजना सुब्बा,दिनेश थापा जस्ता थुप्रै अगुवाईकर्ता र सहयोगी दाताहरु सहयोगको लागि जुर्मुराउनुभयो ।

स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई,आफन्तजन,शुभेच्छुकबाट ८ लाख क्रस सहयोग जुटेको छ, नारायण सिंह मादेन उपचार सहयोग संकलन समितिका संयोजक भक्त पन्धाक भन्नुहुन्छ,‘ अहिलेको यो कठिन समयमा उच्च सहयोग जुट्नु हाम्रो लागि अकल्पनिय नै हो ।
भक्तका अनुसार गाउँठाउँको बाजे बिरामी हुनुभयो । समिति बनाएर गाउँघरमा सहयोग संकलन गरिने निधो गरियो । सबैले भक्तले नै नेतृत्व गर्छ भनेपछि समितिको संयोजकको जिम्मा नि आफैमाथि आईलाग्यो ।
के गर्ने कसरी सहयोग जुटाउने कुनै हेक्का थिएन, भर्खरै आफ्ना खुट्टामा उभिन तयार गरिरहेका भान्जाहरु शन्देश र प्रमेशमाथि ठुलो बज्र नै आईलागेको भान भयो । उपचारमा घरको जायजेथा धेरै सकिसकेको र आफैलाई मात्र मेन्टिनेन्स हुने जवले के गर्न सक्थेर उनीहरु ।

बिभिन्न सञ्चारमाध्यमा नारायण सिंह मादेनको समाचार आएपछि सोहि समाचार देखाएर देशविदेशमा हुनुहुने साथीभाईलाई हार गुहार गरेको भक्त बताउनुहुन्छ । ‘साथीभाई आफन्तजनहरुले हाम्रो अनुरोध स्किारीदिनुभयो,हामीले पनि हिजोका दिनमा विदेशमा हुँदा सहयोग गरेका थियौं, भक्त भावुक हुँदै भन्नुहुन्छ, हाम्रो बचन कतिपनि खेर गएन, हामीले पनि साथीभाई कमाइएको रैछ , सोचे भन्दा धेरै सहयोग जुट्यो ।
यसो भनिरहँदा भक्तको छाती गर्वले चौडा हुन्छ ।

समितिका संयोजक भक्त हरेक दिन जसो सहयोग गर्नेको नामवली अपडेट सहित धन्यवाद दिने, सहयोगको अपिल गर्ने काममा नै ब्यस्त हुनुभयो । विरामीको नाममा आएको रकम निकाल्ने हस्तान्तरण गर्ने काममा निक्कै व्यस्त मात्र हुनुभएन्, मध्यरातमा सहयोगको लागि आउने कल उठाउन र जवाफ फिर्काउन पनि अनिदो हुन्छ नभनि लाग्नुभयो ।
किनकी जसरी भएपनि यो अभियानलाई सफल बनाउनुथियो, भक्त भन्नुहुन्छ ।

गाउँठाँउको पिडामा पल्हम पट्टी लगाउन अग्रसर हुँदा मनमा आत्मिक शा्िन्त मिल्ने भक्त बताउनुहुन्छ ।
हाम्रो सहयोगले कसैको जिवनमा खुशी मिल्छ भने खुशीको निम्ति लागि पर्ने हामीमा झन कति खुशी अनि सन्तोष मिल्ला आफै सोच्नुहोस न, तपाईलाई यो अभियान सफल भएकोमा कतिको खुशीको लागेको छ भन्ने प्रश्नमा भक्तले यस्तो उत्तर दिनुभयो ।

 

घरको जायजेथा सकिदै, ऋण पान हस्पिटलको बसाईले निराश नारायण सिंहका छोराहरुको मुहारमा चमक देखिन थालेको छ ।
सबै भन्दा साह्रो ढुङ्गा,ढुङ्गा भन्दा साह्रो नहुनु , आर्थिक अभावले उपचार कसरी गर्ने मेलोमेसो नै नपाएपछि दोधारमा रहेका मादेन परिवारका छोरा सन्देश भन्नुहुन्छ, अहिलको यो कठिन परिस्थिीतीमा सहयोगीदाता भगवान बनेर आउनुभयो, यो गुन हामी कहिले तिर्न सक्दैनौ ।
सन्देश भन्छन्, हजुरहरुको सहयोगको निम्ति लाखौं पटक धन्यवाद दिँदा पनि अधुरै हुन्छ ।
हाल नारायण सिंह मादेनको स्वास्थ्यमा निक्कै सुधार भईरहेको छ । ‘आर्थिक अभावमा उपचार रोकिन्छ कि भन्ने लागेको थियो, नारायणले हस्पिटलको बेडबाट भन्नुभयो, मेरो लागि सबैले सहयोग गरिदिनुभयो, धेरै धेरै धन्यवाद छ , बाँच्ने आशा निक्कै पला्एको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved