विश्वब्यापी रुपमा फैलीरहेको यश कोभीड- १९ को त्रास देश भरी नै फैलीरहेको छ। डर र त्रासलाई मनमा राखे पनि मुहारमा हसिलो मुस्कान लिएर सेतो कुर्ताको परिभाषा सहित अगाडि बडिरहेकि थिए । हुन् त म फ्रर्नट लाईन् नर्स थिईन् तर पनि जोखिमको समयमा अस्पतालका अोपिडी- आईपिडी सम्म हेर्न भने पछि थिइन् । दुर्भाग्यबस् आफ्नो केही ब्यक्तिगत कुराहरुले गर्दा कार्यरित अस्पताल छोड्नु पर्यो । अस्पताल छोडेको ४ दिनको दिन् अलिकती घाटीमा सम्स्या आए जस्तो भयो पि.सि.र मैले सोही अस्पताल बाट गराए । एक हप्तताको पर्खाई पछी मेरो रिपोर्ट सङ्कर्मीत आयो।
म एक नर्स म आफ्नो पेसा पर्ति गर्भ गर्छु । हुन् त मैले अस्पतालमा काम गर्दा गर्दै कति बर्षहरु बितेछन्। यति सम्मको सन्सार तर्साउने भब्तब्य आउला भन्ने सोचेको थिईन् । तर अरु रोगिहरुको सेवामा तत्पर भएर एक अा ई सि यु नर्सको भुमिका निर्बाहा गरिरहे । कतिपय चाडपर्व ,ब्यक्तिगत जिवनलाई महत्व ठानिन् र नर्सिङ शिक्षामा पर्वेश गर्दा लिएको अठोटलाई मनमा लिएर हिडिरहे । तर यो महामारी सन्सारलाई नै तर्साउने गरि कोरोना भाईरस् फैलियो । क्यौ मानिसहरुको ज्यान गयो । दिनप्रतिदिनको यस्तो समाचारले मलाई स्तब्द बनायो । र अाफ्नो पोजेटिभ रिपोर्टले मलाई अत्यायो । मैले अस्पतालमा एक हप्ता अगाडि कार्यरित कर्मचारको अाधारमा सोही अस्पतालको आईसोलेसनका लागि आश गरे तर नितीनियमको अगाडि त्यो सम्भव भएन् र दुख लाग्यो ।
दिनप्रतिदिनको डाक्टर र नर्सलाई घरबाट समाजका बयक्तिहरु मिलेर समाजबाट निकाल्न् खोज्ने समाचारहरुका कारण म झनै अातिये । मलाई कुनै पनि लक्षणहरु नभएका कारण मैलो सम्पुर्ण बिरामीहरु राखिएका अस्पतालको अाईसोलेसन् मा बस्न् उचित ठानिन् र म घरमै बस्ने निर्णय गरे। तर म पुर्व कार्यरत अस्पतालका सस्थापक ले केही भएपरी आएमा खबर् गर्नुस म काठमाडौंमा सम्म लगेर उपचार गर्न सहयोग गर्नेछु भन्ने भनाईले मेरो ५० प्रतिसत अात्माबल बड्यो । म बसिरहेकी समाजको बयक्तिहरुको ,यो म प्रती देखाएको माया , सम्मान र इज्जत केही नघटेको र त्यहि ब्यवहारले म एक्दमै हर्सित छु र उहाँहरु प्रती अाभार ब्यक्त गर्दछु ।
आज आएर मलाई अाफ्नो काम पर्ति गर्भ छ। म आतिएकि छैन् । मैले अाफ्नो जिम्मेवारी गहन् गर्दा गर्दै म सङ्कर्मति भएकी हु । यदी मैलि यति नगरेकी भए र सम्पुण स्वास्थ्यकर्मी पछाडि हटेका भए धेरैले ज्यान गुमाउनु पर्ने थियो होला। अवोरात्र नभनि ज्यानको बाजि थापेर काम गरि राख्नु भएका स्वास्थ्यकर्मीहरु प्रती पनि अाभार ब्यक्त गर्दछु ।
मैले आफुलाई समाले, मैले हार माने भने मेरो परिवार समाजलाई गारो हुन्छ भन्ने सोच मनमा राखेर मैले मेरो अनुहारको हाँसो स्थागित राखे । तर एक्लै आईसोलेसनमा बसिरहदा मेरो बाबा आमा प्ेसरको रोगी कतै उहाँहरुलाई गारो होलाकी भन्ने पिर मनमा छ । आत्मावल बलियो बनाएकि छु जे जस्तो भएता पनि म एक नर्स मैले ठिक भएर म जस्ता क्यौ रोगिहरुको सेवा गर्नु छ। समाजको अगाडि एउटा राम्रो उदाहरण बनेर निस्किनु छ ।यसरी नै आफ्नो मनोबल उच्चराखेर मैले यो रोगलाई परास्त गर्छु भन्ने अात्माविक्षास राखेकी छु ।घरमा बुवा आमा दिदी भाइ सबैलाई सम्झाएर राखेकी छु म मात्र हैन् क्यौँ म जस्ता छोरिहरु छन् जस्ले यो रोगलाई पन्छाँउन् युद्दमा छन् । म चडै ठिक भएर सेवामा तत्पर हुनेछु कोरनाका बिरामीहरुलाई छि छि दुर् दुर् गर्नेहरुलाई देखाउने छु भनेर बा आमाको आत्माबिश्वास बढाएकी छु । म हारेकी छुई्न फेरि पनि उठेर दौडिनेछु ।
म होम क्वारेन्टाइनमा भएको कारण खसै गारो भएन् तर पोजेटिभ रिपोर्ट आए सँगसँगै क्यौ फोन् र टेक्स्टका लहरले मलाई अलि गारो भाको अनुभ गरे । कहेलै नबोल्ने साथिहरुको रेस्पोन्स देख्दा चित्त दुख्यो , मैले त समाल्न् सके तर सबै एकैनास हुदैन्न ,यहि कारणले कति डिप्रेस्नमा जान नस्कलान् भन्न् सकिन्न् । कतै यिनै कारणहरुले सुसाईड् जस्ता घटनाहरु बढ्ने त हैन्नन् ????
अस्पतालको फर्न्टलाईनमा बस्ने सम्पुण नर्स , चिक्तिस्क, स्वास्थ्यकर्मी पर्ती हार्दिक अाभार । यो बिपत र जोखिमको अवस्थामा महामारी सँग लडिने मनोबल उच्च रहोस्। सरकारको धन्याकरषण होस् । शान्त र सुन्दर मानिने सेतो पोसाक र जोखिमको अवस्थामा ज्यानको बाजि थापारे काम गरिरख्नु भएका नर्सहरुलाई उचित सम्मान् र हौसाला दन् पछि नहटौँ । सम्पूर्ण स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राखैँ।
ज्योति पोखरेल Zyoti Pokhrel
पुर्व कार्यकारी नर्स
नोबेल शक्षण अस्पताल बिराटनगर।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved