ज्योति पोखरेल स्टाफ नर्स )हो म एक संक्रमित नर्स, अस्पतालबाट संक्रमण घर ल्याएछु

  • प्रकाशित मितिः भदौ ८, २०७७
  • 2487 पटक पढिएको
  • समय अनलाइन

 

विश्वब्यापी रुपमा फैलीरहेको यश कोभीड- १९ को त्रास देश भरी नै फैलीरहेको छ। डर र त्रासलाई मनमा राखे पनि मुहारमा हसिलो मुस्कान लिएर सेतो कुर्ताको परिभाषा सहित अगाडि बडिरहेकि थिए । हुन् त म फ्रर्नट लाईन् नर्स थिईन् तर पनि जोखिमको समयमा अस्पतालका अोपिडी- आईपिडी सम्म हेर्न भने पछि थिइन् । दुर्भाग्यबस् आफ्नो केही ब्यक्तिगत कुराहरुले गर्दा कार्यरित अस्पताल छोड्नु पर्यो । अस्पताल छोडेको ४ दिनको दिन् अलिकती घाटीमा सम्स्या आए जस्तो भयो पि.सि.र मैले सोही अस्पताल बाट गराए । एक हप्तताको पर्खाई पछी मेरो रिपोर्ट सङ्कर्मीत आयो।
म एक नर्स म आफ्नो पेसा पर्ति गर्भ गर्छु । हुन् त मैले अस्पतालमा काम गर्दा गर्दै कति बर्षहरु बितेछन्। यति सम्मको सन्सार तर्साउने भब्तब्य आउला भन्ने सोचेको थिईन् । तर अरु रोगिहरुको सेवामा तत्पर भएर एक अा ई सि यु नर्सको भुमिका निर्बाहा गरिरहे । कतिपय चाडपर्व ,ब्यक्तिगत जिवनलाई महत्व ठानिन् र नर्सिङ शिक्षामा पर्वेश गर्दा लिएको अठोटलाई मनमा लिएर हिडिरहे । तर यो महामारी सन्सारलाई नै तर्साउने गरि कोरोना भाईरस् फैलियो । क्यौ मानिसहरुको ज्यान गयो । दिनप्रतिदिनको यस्तो समाचारले मलाई स्तब्द बनायो । र अाफ्नो पोजेटिभ रिपोर्टले मलाई अत्यायो । मैले अस्पतालमा एक हप्ता अगाडि कार्यरित कर्मचारको अाधारमा सोही अस्पतालको आईसोलेसनका लागि आश गरे तर नितीनियमको अगाडि त्यो सम्भव भएन् र दुख लाग्यो ।
दिनप्रतिदिनको डाक्टर र नर्सलाई घरबाट समाजका बयक्तिहरु मिलेर समाजबाट निकाल्न् खोज्ने समाचारहरुका कारण म झनै अातिये । मलाई कुनै पनि लक्षणहरु नभएका कारण मैलो सम्पुर्ण बिरामीहरु राखिएका अस्पतालको अाईसोलेसन् मा बस्न् उचित ठानिन् र म घरमै बस्ने निर्णय गरे। तर म पुर्व कार्यरत अस्पतालका सस्थापक ले केही भएपरी आएमा खबर् गर्नुस म काठमाडौंमा सम्म लगेर उपचार गर्न सहयोग गर्नेछु भन्ने भनाईले मेरो ५० प्रतिसत अात्माबल बड्यो । म बसिरहेकी समाजको बयक्तिहरुको ,यो म प्रती देखाएको माया , सम्मान र इज्जत केही नघटेको र त्यहि ब्यवहारले म एक्दमै हर्सित छु र उहाँहरु प्रती अाभार ब्यक्त गर्दछु ।
आज आएर मलाई अाफ्नो काम पर्ति गर्भ छ। म आतिएकि छैन् । मैले अाफ्नो जिम्मेवारी गहन् गर्दा गर्दै म सङ्कर्मति भएकी हु । यदी मैलि यति नगरेकी भए र सम्पुण स्वास्थ्यकर्मी पछाडि हटेका भए धेरैले ज्यान गुमाउनु पर्ने थियो होला। अवोरात्र नभनि ज्यानको बाजि थापेर काम गरि राख्नु भएका स्वास्थ्यकर्मीहरु प्रती पनि अाभार ब्यक्त गर्दछु ।
मैले आफुलाई समाले, मैले हार माने भने मेरो परिवार समाजलाई गारो हुन्छ भन्ने सोच मनमा राखेर मैले मेरो अनुहारको हाँसो स्थागित राखे । तर एक्लै आईसोलेसनमा बसिरहदा मेरो बाबा आमा प्ेसरको रोगी कतै उहाँहरुलाई गारो होलाकी भन्ने पिर मनमा छ । आत्मावल बलियो बनाएकि छु जे जस्तो भएता पनि म एक नर्स मैले ठिक भएर म जस्ता क्यौ रोगिहरुको सेवा गर्नु छ। समाजको अगाडि एउटा राम्रो उदाहरण बनेर निस्किनु छ ।यसरी नै आफ्नो मनोबल उच्चराखेर मैले यो रोगलाई परास्त गर्छु भन्ने अात्माविक्षास राखेकी छु ।घरमा बुवा आमा दिदी भाइ सबैलाई सम्झाएर राखेकी छु म मात्र हैन् क्यौँ म जस्ता छोरिहरु छन् जस्ले यो रोगलाई पन्छाँउन् युद्दमा छन् । म चडै ठिक भएर सेवामा तत्पर हुनेछु कोरनाका बिरामीहरुलाई छि छि दुर् दुर् गर्नेहरुलाई देखाउने छु भनेर बा आमाको आत्माबिश्वास बढाएकी छु । म हारेकी छुई्न फेरि पनि उठेर दौडिनेछु ।

म होम क्वारेन्टाइनमा भएको कारण खसै गारो भएन् तर पोजेटिभ रिपोर्ट आए सँगसँगै क्यौ फोन् र टेक्स्टका लहरले मलाई अलि गारो भाको अनुभ गरे । कहेलै नबोल्ने साथिहरुको रेस्पोन्स देख्दा चित्त दुख्यो , मैले त समाल्न् सके तर सबै एकैनास हुदैन्न ,यहि कारणले कति डिप्रेस्नमा जान नस्कलान् भन्न् सकिन्न् । कतै यिनै कारणहरुले सुसाईड् जस्ता घटनाहरु बढ्ने त हैन्नन् ????
अस्पतालको फर्न्टलाईनमा बस्ने सम्पुण नर्स , चिक्तिस्क, स्वास्थ्यकर्मी पर्ती हार्दिक अाभार । यो बिपत र जोखिमको अवस्थामा महामारी सँग लडिने मनोबल उच्च रहोस्। सरकारको धन्याकरषण होस् । शान्त र सुन्दर मानिने सेतो पोसाक र जोखिमको अवस्थामा ज्यानको बाजि थापारे काम गरिरख्नु भएका नर्सहरुलाई उचित सम्मान् र हौसाला दन् पछि नहटौँ । सम्पूर्ण स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राखैँ।
ज्योति पोखरेल Zyoti Pokhrel
पुर्व कार्यकारी नर्स
नोबेल शक्षण अस्पताल बिराटनगर।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved