कोरोना महामारीमा नर्सिङ सेवा समीक्षा लामिछानेपाटन अस्पतालमा नर्सिङ सेवामा कार्यरत छिन्।

  • प्रकाशित मितिः भदौ ८, २०७७
  • 857 पटक पढिएको
  • समय अनलाइन

अहिले सम्पूर्ण विश्व नै कोभिड–१९ नियन्त्रणका लागि संघर्ष गरिरहेको छ। विश्वव्यापी रुपमा स्वास्थ्य श्रमशक्ति पूर्ण रुपमा कोरोना संक्रमितको उपचार र हेरचाहमा संलग्न छ। वर्तमान संकटले स्वास्थ्य सेवा र सुविधाहरुलाई नै सीमित तुल्याउँदैछ। विश्व समुदाय महामारीबाट बच्ने उपायको खोजीमा रहेको यो बखत स्वास्थ्यकर्मी विशेषत नर्सिङ पेसाकर्मीहरु न्यूनतम सुरक्षा साधनका बाबजुत उच्च जोखिममा काम गरिरहेका छन्।
संक्रमितको संख्या दिन प्रतिदिन वृद्धि भइरहेको छ। संक्रमित बढ्दै जाँदा संक्रमणको जटिलता पनि देखिँदै जान्छ। एकातिर गम्भीर प्रकृतिका समस्याहरु कोभिड संक्रमितमा देखिन्छन् भने अर्कोतर्फ नियमित स्वास्थ्य उपचार गराइराख्ने ठूलो समुदाय संक्रमणको सम्भावित जोखिममा रहने गर्छ। नेपालमा अहिलेको मुख्य चुनौती भनेको नै लक्षणविहीन बिरामीहरुबाट चिकित्सक र नर्सहरुमा संक्रमण फैलिने उच्च जोखिम हो। त्यसैले अग्रस्थानमा रही काम गर्ने नर्सहरु अधिक सतर्क रहनु जरुरी देखिन्छ।
संक्रमितको प्रत्यक्ष सम्पर्कमा आउने र उनीहरुको स्याहारसुसार, नियमित रेखदेखका माध्यमबाट व्यक्तिको स्वास्थ्य रक्षा गर्ने जिम्मेवारी नर्सिङ सेवाको हुने गर्छ। नर्सहरु सधैं बिरामीको स्वास्थ्य संरक्षण, संवर्धन र विकासमा तल्लिन हुने भएकोले उच्च मनोबलका साथ खटिनुपर्ने हुन्छ। अझ विभिन्न प्रकारका विपद र महामारीका बखत नर्सको भूमिका अतुलनीय हुन्छ।
बिरामीलाई नियमित औषाधोपचार, स्याहार गर्ने, रोगका बारेमा बताउने, हौसला बढाउने, परामर्श दिने, उच्च मनोबल राख्न प्रेरणा दिने र चौबीसै घण्टा संक्रमितको प्रत्यक्ष निगरानी गर्दै वार्डको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मेवारी नर्सको नै हुन्छ। यसर्थ जटिल स्वास्थ्य समस्याहरुको समाधान, विपद तथा जोखिम र महामारीको समयमा नर्सिङ सेवाको अग्रणी भूमिका रहेको हुन्छ।
स्वास्थ्य सेवा प्रदायकहरु प्रत्येक राष्ट्रका लागि महत्वपूर्ण संसाधन हुन्। उनीहरुको स्वास्थ्य सुरक्षा केवल निरन्तर र सुरक्षित बिरामी हेरचाहको लागि मात्र नभएर कुनै पनि प्रकोप नियन्त्रणको लागि पनि महत्वपूर्ण छ। कोरोना संक्रमितहरुमा देखिने लक्षणहरु हल्का र अज्ञात प्रकृतिका कारण यो रोग विश्वव्यापी तवरमा छिटो फैलिन सक्ने भएको छ। स्वास्थ्य सेवामा कार्यरत नर्सहरु अग्रणी भूमिकामा रहने हुनाले महामारी नियन्त्रणमा समेत उत्तिकै योगदान रहेको हुन्छ।
स्वास्थ्य शिक्षाको माध्यमबाट संक्रमण रोकथाम, प्रारम्भिक लक्षणमार्फत स्क्रिनिङ, जोखिमको पहिचान र कन्ट्याक्ट ट्रेसिङमा नर्सहरुको योगदान रहन्छ। अस्पताल र आइसोलेसनहरुमा उचित तयारी र सुविधाहरु कायम गर्दै सुरक्षित हेरचाहको वातावरण तयार गर्नु नर्सहरुको जिम्मेवारी हो। रोग प्रतिरोधात्मक क्षमता कम भएका, दीर्घरोगी, क्यान्सरका बिरामीहरुको संरक्षण नर्सहरुको महत्वपूर्ण कार्य हो किनकी यस्ता बिरामीहरुले सामान्य जनसंख्याभन्दा उच्च स्वास्थ्य जोखिमको सामना गर्नुपर्ने हुन्छ।
यो बाहेक सघन उपचारको आवश्यकता भएका संक्रमितको पहिचान गरी गम्भीर अवस्थामा तत्काल देखभाल गर्नु नर्सहरुको दायित्व हुन आउँछ। बिरामी अस्पताल भर्ना भइसकेपछि उनीहरुको नियमित परीक्षण गर्नु, सही मात्रा र समयमा औषधि दिनु, नियमित निगरानी गर्दै बिरामीको हौसला अभिवृद्धि गर्ने कार्य नर्सले नै गर्छन्।
संक्रमण अत्यधिक फैलिँदै गएको वर्तमान अवस्थामा सम्पूर्ण स्वास्थ्य क्षेत्रको ध्यान महामारी नियन्त्रणमा केन्द्रित हुँदा अन्य रोगहरुको उपचारमा पहुँच कम हुँदै गएको छ। फलस्वरुप बिरामीहरु सामान्य रोगका कारण ज्यान गुमाउन विवश छन्। अर्कोतर्फ अत्यावश्यक सुरक्षा सामग्रीहरुको अभाव छ। सबैको सहज उपलब्धता र पहुँच पुगेको छैन। दूरदराजसम्म ढुवानी हुन सकेको छैन। स्वास्थ्यकर्मीले प्रयोग गर्ने अत्यावश्यक सुरक्षा सामग्री कोभिड वार्डमा मात्र केन्द्रित हुँदा ननकोभिड वार्डमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरु संक्रमणको अत्यधिक जोखिममा छन्। यसको लागि स्वास्थ्य संस्थामा अग्रस्थानमा कार्यरत सम्पूर्ण नर्सलाई अनिवार्य न्यूनतम सुरक्षा सामग्रीको व्यवस्था गरिनु अपरिहार्य देखिन्छ। यसले अस्पतालबाट हुने कोरोना संक्रमणका साथै अन्य अस्पतालजन्य संक्रमण समेत रोकथाम गर्न सकिन्छ।
कोरोना महामारी नियन्त्रण गर्न विश्वका थुप्रै मुलुकलाई हम्मेहम्मे परिरहेको छ। अत्यन्तै होसियारी गर्दा पनि चीन, इटाली, रसिया जस्ता मुलुकमा धेरै चिकित्सक र नर्सहरुले ज्यान गुमाइसकेका छन्। विश्वभरि फैलिरहेको कोरोना विरुद्धको युद्धमा अग्रस्थानका योद्धा भनेका नर्सहरु नै हुन्। उनीहरुको सुरक्षालाई ध्यान नदिने, शारीरिक, मानसिक र पारिवारिक सुरक्षा नहुने हो भने महामारी विरुद्ध लड्ने आत्मबल कमजोर हुन्छ।
कतिपय अस्पतालमा चिकित्सकलाई मात्र पिपिई दिई नर्सहरुलाई सुरक्षा सामग्री नै नदिएको तितो यथार्थले नर्सहरु हतोत्साही भएका छन्। महामारीको प्रकोप फैलिन नदिन नर्सहरुले स्वास्थ्य क्षेत्रकै मेरुदण्डको रुपमा कार्य गर्दै आइरहेका छन्। त्यसैले कोरोना संक्रमितका लागि खटिने सबै चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई बिनाभेदभाव समान रुपमा व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउनुपर्छ।
कोभिड–१९ को तीव्र फैलावाटले विश्व स्तरमा सार्वजनिक स्वास्थ्य, आर्थिक प्रणाली र मानव जीवनशैलीलाई गम्भीर खतरामा पारिरहेको छ। नर्सहरु स्वास्थ्य सेवा समूहका महत्वपूर्ण सदस्य हुन् जसले संक्रामक रोग नियन्त्रण गर्न अग्र लाइनमा कार्य गर्छन् र संक्रमित व्यक्तिलाई सिधा हेरचाह प्रदान गर्छन्। स्वास्थ्य क्षेत्रमा नर्स बिनाको सेवा कल्पना समेत गर्न सकिँदैन। नेपालमा मात्र होइन, संसारका हरेक मुलुकमा नर्सको महत्व उत्तिकै छ।
उच्च जोखिममा रही अग्र लाइनमा काम गर्ने नर्सिङ पेसाकर्मीको सुरक्षाको लागि सरकारीस्तरबाट नै अल्पकालीन र दीर्घकालीन उपायहरु अवलम्बन गरिनुपर्छ। महामारीको समयमा योगदान पुर्‍याउने स्वस्थकर्मीका लागि अत्यावश्यक सुरक्षा सामग्रीको सहज उपलब्धता, उचित काउन्सिलिङ, स्वास्थ्य बिमा, जोखिम भत्ता सहितका प्रोत्साहन प्रदान गर्न सकिएको खण्डमा मात्र नर्सहरुले उच्च मनोबलका साथ कार्य गर्न सक्छन्। अन्यथा अध

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved