प्रेस युनियन सुनसरीले सुरु गर्यो ‘फुड बैंक’

  • प्रकाशित मितिः भदौ ८, २०७७
  • 1701 पटक पढिएको
  • समय अनलाइन

 युनियनको सुनसरी जिल्ला कार्य समितिको बसेको बैठकले कोरोना संक्रमणको महामारीका कारण सृजना भएका समस्याले जीविकोपार्जनमै संकटको अवस्था झेलिरहेका श्रमजीवी पत्रकारका लागि ‘फुड बैंक’ संचालन गर्ने निर्णय गरेको हो।

कोरोना महामारीको समयमा मिडिया हाउसहरुले श्रमजीवि पत्रकारलाई कामबाट निष्कासन गर्ने, दबाब दिएर विदामा बस्न बाध्य पार्ने, तलव–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चार गृह बन्द भएका र केही आंशिक रुपमा सञ्चालन भएकाले विद्यमान समस्यालाई मध्यनजर गर्दै ‘फुड बैंक’ अभियान सञ्चालन गर्ने निर्णय गरेको युनियन सुनसरीका उपाध्यक्ष सन्जिब वाग्लेले जानकारी दिए।

साेमबार बसेको युनियनको भर्चुअल बैठकले कोरोना महामारीले गर्दा पत्रकारले सवैभन्दा बढी समस्या झेल्नु परेकाले पेशा जोगाउनै गाह्रो रहेकाले राहत होस् भनेर आँफूहरुले फुड बैंक सुरु गरेको युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए।

पुर्व अध्यक्ष अधिकारीको नेतृत्त्वमा समिति गठन

 

‘फुड बैंक’ संचालन एवंम् ब्यवस्थापनका लागि अग्रज पत्रकार एवम युनियनका पूर्व अध्यक्ष समेत रहेका कृष्ण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति तयार गरिएको छ। उक्त समितिमा पत्रकार निशान चौधरी, उषाकिरण घिमिरे, इकवाल अहमद र बिनय प्रधान रहेका छन्।

जिल्लाको इटहरी, धरान इनरुवा, झुम्का, दुहवी, बराहक्षेत्र लगायतका स्थानमा पत्रकार छरिएकाले गर्दा ती पत्रकारलाई खाद्य सामग्री वितरण गर्न पनि समितिले आवश्यक व्यवस्था गर्ने बताइएको छ। पत्रकारको हकहितका लागि नेपालमै पहिलोपटक फुड बैँक सञ्चालन गरिएको हो।

नेपाल प्रेस युनियन सुनसरीमा २०० भन्दा बढी पत्रकार आवद्द छन भने पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघ सुनसरीमा २०८ जना पत्रकार आवद्द रहेका छन।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved