पोखर, पोखराका एक पत्रकारलाई कोरोना भाइरस पुष्टि भएको छ ।लेखनाथको एक संचारमाध्यममा काम गर्ने सक्रिय पत्रकारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा मंगलबार बिहान पुष्टि भएका ४ जना मध्ये एक पोखरा २८ का ३४ वर्षिय ति व्यक्ति पत्रकार रहेको बुझिएको छ । अन्य २ जना भारतबाट आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै अर्की एक जना पोखरा २९ कि ३६ वर्षिय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमण पुष्टि भएका पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved