खेलाडी भन्छन्- ‘हामी कोरोनाको जोखिममा छौं’

  • प्रकाशित मितिः भदौ ९, २०७७
  • 929 पटक पढिएको
  • समय अनलाइन

नेपालमा पछिल्लो समय कोरोनाको महामारी बढ्दो क्रममा छ । समुदाय स्तरमा फैलिएको कोरोनाले गर्दा धेरैले ज्यान पनि गुमाउनुपरेको छ । संक्रमितको संख्या पनि दिनानु दिन बढिरहेको छ । कोरोनाले धेरै क्षेत्रमा असर पारेको छ । योसँगै कोरोनाको प्रभाव खेल क्षेत्रमा पनि राम्रैसँग देखिएको छ ।

लामो समय नेपाली खेलकुद क्षेत्रमा गतिविधि हुन सकेका छैनन् । खेलकुद गतिविधि ठप्प हुँदा खेलाडीहरूलाई आफ्नो लय गुम्छ कि भन्‍ने चिन्ता पनि उस्तै छ । पछिल्लो समय केही दिन नेपलमा खेलकुद प्रशिक्षणहरू सुरु गरिए पनि पुनः ठप्प भए ।
कोरोना महामारीबीच हाल खेलाडीलाई आफ्नो स्वास्थ्यको पनि चिन्ता छ । लामो समयको लकडाउन अनि समुदायमा फैलिएको कोरोनाले गर्दा उनीहरू जोखिममा रहेको महसुस गर्न थालेका छन् ।

बम
बम
नेपालमा हालसम्म कोरोना संक्रमित खेलाडीको संख्या ४० पुगेको छ । जसमा ३९ जना एपीएफका खेलाडी छन् भने एकजना फुटबलर छन् । उनीहरूको कोरोना संक्रमण देखेर सबै खेलाडी अहिले असुरक्षित भएको महसुस गरिरहेका छन् ।

खेलाडीहरू आफ्नो स्वास्थ्यमा पनि राज्यले ध्यान दिनुपर्ने बताउँछन् । देशको गौरव बढाउन मिहिनेत गर्ने खेलाडीको चाहना राज्यले आफूहरूलाई पनि केही हेरचाह गरिदियोस् भन्‍ने रहेको बताउँछन् । तर, खेलाडीहरू आफूहरूलाई पीसीआर परीक्षण गराउने कुरालाई केही समय सार्दै तत्काल आवश्यक परेकालाई परीक्षण गर्नुपर्ने आग्रह गरिरहेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले समुदाय स्तरमा फैलिइसकेको कोरोनाका कारण सबै असुरक्षित रहेको र यसबाट खेलाडीहरू अछुतो हुन नसक्ने बताए ।

“कोरोना संक्रमण समुदायमा फैलिसकेपछि यसले सबै सतर्क हुन जरुरी छ । राज्यले खेलाडीलाई पनि जोखिमयुक्त दायरामा राखेर सोच्‍ने समय आएको छ । कोरोनाका कारण खेलाडी पनि असुरक्षित छौं,’’ उनले बाह्रखरीसँग भने, ‘‘अहिले प्रशिक्षण र कुनै पनि खेल नभएका कारण हामीलाई भन्दा पहिले समुदाय स्तरमा पीसीआर परीक्षणलगायत स्वास्थ्य सेवा उपलब्ध गराउँदा सहज हुन्छ ।”

यता १३औँ सागका स्वर्णधारी बक्सिङ खेलाडी शनिल शाहीले पनि आफूहरू असुरक्षित भएकाले राज्यले दिने केही स्वास्थ्य सेवा खेलाडीलाई पनि दिन आवश्यक रहेको बताएका छन् । उनीलगायत केही बक्सिङ खेलाडी कोरोनाका महामारीबीच सरकारले दिएको निर्देशनअनुसार प्रशिक्षणमा फर्किएका थिए । एक साता धेरै प्रशिक्षण गरेका खेलाडीहरूले पीसीआर परीक्षण भने गरिएन ।

“कोरोना महामारीबीच केही दिन प्रशिक्षणमा निस्किएका थियौं । समुदायमा फैलिएको कोरोनाले हामीमा पनि एक किसिमको डर छ । खेलाडीहरूलाई प्रशिक्षण र खेलभन्दा अहिलेको आवश्यक कुरा भनेकै कोरोना परीक्षण हो । हामीमा रहेको डरलाई हटाउन भए पनि परीक्षण तथा स्वास्थ्य उपायहरू आवश्यक छ,” शनिलले भने ।

यता कोरोनाकाबीचमा केही दिन बन्द प्रशिक्षणमा रहेका फुटबल खेलाडीले भने पीसीआर परीक्षण गरिसकेका छन् । प्रशिक्षणमा बोलाइएका राष्ट्रिय टोलीका ३३ खेलाडीमध्ये एकजनालाई भने कोरोना पुष्टि भएको थियो । एन्फाले खेलाडीहरूको प्रशिक्षण भने सारेको छ ।

यता ओलम्पिक छनोटमा रहेका खेलाडीले करिब एक महिना प्रशिक्षण गर्दा पनि पीसीआर परीक्षण गराउन पाएनन् । कोरोना परीक्षण नहुँदासम्म एक प्रकारको डर भने रहने खेलाडीहरू बताउँन्छन् ।

“करिब एक महिना प्रशिक्षणमा बस्यौं । प्रशिक्षण अवधिभर हाम्रो कोरोना परीक्षण हुन सकेन । अहिले समुदाय स्तरमा फैलिँदा हामीमा पनि असुरक्षित महसुस हुँदै छ । यस्तो अवस्थामा राज्यले सबै खेलाडीको पीसीआर परीक्षणसहित स्वास्थ्य उपायहरू सुझाउँदा हामीलाई सान्त्वना मिल्ने थियो,” ओलम्पिक छनोटको तयारी गरिरहेका कराते खेलाडी नवीन रसाइलीले भने ।

यता भर्खरै मात्र विभागीय टोली एपीएफका ३९ खेलाडीलाई कोरोना संक्रमण भयो । एपीएफले कोरोना महामारीबीच ८२ खेलाडीलाई तराई क्षेत्रमा सीमा सुरक्षाका लागि खटाएको थियो । त्यहाँबाट आएका खेलाडीहरूमा तीन फुटबलर र चार भलिबल खेलाडीसहित ३९ जनामा संक्रमण देखिएको थियो । हाल सबै संक्रमित खेलाडीको अवस्था सामान्य रहेको एपीएफका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved