प्रजातान्त्रिक विचार समाज प्रदेश नं. १ को भेला सम्पन्न

  • प्रकाशित मितिः भदौ ९, २०७७
  • 1057 पटक पढिएको
  • समय अनलाइन

प्रजातान्त्रिक विचार समाजप्रदेश नं. १ को आयोजनामा मिति २०७७,५,६ गते शनिबार सम्पन्न भर्चुअल भेलामा यसप्रदेशका ४ वटा जिल्लाहरुमा नवगठित तदर्थ समितिहरुको नामावली वाचन गरी घोषणा गरिएको थियो । सो भेलामा श्री प्रकाश कुमार ढुंगानाको अध्यक्षतामा समाजको ७ सदस्यीय जिल्लातदर्थ समिति तेह्रथुम, श्री इन्द्रराज राउतको अध्यक्षतामा७ सदस्यीय जिल्ला तदर्थ समिति भोजपुर, श्री रुद्रनाथ दाहालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला तदर्थ समिति संखुवासभा र श्री पेशलकुमार दाहालको अध्यक्षतामा ९ सदस्यीय जिल्ला तदर्थ समिति उदयपुरको घोषणा गरिएको थियो ।
प्रजातान्त्रिक विचार समाज प्रदेश नं. १ को अध्यक्षश्री बद्री तामाको अध्यक्षतामा र समाजको केन्द्रीय अध्यक्ष डा. केदार नरसिंह केसीको प्रमुख आतिथ्यमा बसेको उक्त भेलामा प्रमुख अतिथि डा. केसी, विशिष्ट अतिथिहरु समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, उपाध्यक्षहरु डा. ईश्वरी राज लौडारी र डा. बिमला शाक्य, महासचिव गोकर्ण अर्याल लगायत समाजका केन्द्रीय सचिव डा. बासुदेव भण्डारी, बा∕की ६ वटै प्रदेशका प्रदेश अध्यक्षहरुबाट, प्रदेश नं. १ का सचिव रविचार समाजका प्रदेश नं. १ का जिल्ला अध्यक्षहरुबाट नवगठित जिल्ला तदर्थ समितिहरुलाई वधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गरिएको थियो । नवगठित जिल्ला तदर्थ समितिहरुका अध्यक्षहरुबाट प्रतिवद्दता मन्तव्य समेत राखिएको उक्त भेलामा,प्रदेश नं. १ का सबै जिल्लाका सहभागीहरुको उपस्थिती रहेको र सो भेलामा समाजका सुनसरी अध्यक्ष तथा प्रदेश कार्य समितिका सदस्यश्री जीवनकुमार राईले स्वागत मन्तव्य राखेका थिए ।

कोभिड १९ को संक्रमणले सीर्जित बन्दाबन्दी र निषेधाज्ञाको कारण देश तथा विदेशमा रोजगार गुमाएका नेपालीहरु, दैनिक ज्याला दारीमा श्रम गरी जीवन निर्वाह नगरिरहेकाहरु, साना खुद्रा व्यापार तथा व्यवसायगर्नेहरु साथै कोरोनाको कहरले आक्रान्त नेपाली जनताहरुलाई उचित राहत तथा उनीहरुको उचित सम्वोधन राज्यले गर्न नसकेको ठहर पनि भेलाले गरेको थियो । कोभिड १९ का कारण विश्व र सम्पूर्ण मानव सभ्यता नै आक्रान्त र संकटमा गुज्रिरहेको वर्तमान अवस्थामा यसको उचित व्यवस्थापनमा राज्य पूर्ण तया असफल भइसकेको, रोग व्याधीको संकटपूर्ण अवस्थामा पनि स्वास्थ सामाग्री खरिद प्रकरण देखि लिएर विभिन्न घटना क्रमहरुमा राज्य भ्रष्टचारमा चुर्लुम्म डुबेको निष्कर्ष भेलाले निकालेको छ ।
करीब दुई तिहाई बहुमतको वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षा प्रदान गर्न नसकेको, दैनिक चोरी डकैती हत्या जस्ता अपराधिक घटनाहरु घटने क्रम बढेको, बाढी र पैह्रोबाट पीडित जनताहरुलाई राहत तथा उचित पूर्नवासमा राज्य उदासिन रहेको, अदालतल गायत सम्पूर्ण संवैधानिक निकायहरुलाई सरकारको प्रभावमा पारी लोकतान्त्रिक व्यवस्थामा संविधानमा कल्पना गरिएको शक्ति पृथकिकरणको सिद्दान्तको धज्जी उडाएको, दलीय व्यवस्थामादलहरुलाई कमजोर पार्ने विधेयकहरुको चर्चा गर्ने गराउने गरेको, प्रेश स्वतन्त्रता, गोपनियता तथा नागरिकको सूचना प्राप्त गर्ने जस्ता संविधानमा नै उल्लेख गरिएको मौलिकहकहरुका विरुद्ध विधेयकहरु संसदमा प्रविष्ट गराएको, विश्व विद्यालयहरुको स्वायत्तता हनन हुने गरि उच्च शिक्षा विधेयक संसदमा प्रवेश गराएको, विधिको शासन तथा कानुनी राज्यको अवधारणा विपरित गैर संवैधानिक तरिकाले सरकार संचालन गरेको हदा, गणितीय रुपमा सरकार चलाउने अत्यधिक बहुमतको अवस्थामा रहे पनि नैतिक र संवैधानिक रुपमा सरकार असफल भइसकेको ठहर पनि भेलाले गरेको छ ।
विधि, पद्दति र संविधान प्रदत्त अधिकारहरु कुल्चेर एकांकी ढंगबाट,अधिनायकवादी सोच, चरित्र र चिन्तनबाट कम्युनिष्टहरुले राज्य संचालन गरिरहदा पनि प्रमुख प्रतिपक्षीदलको रुपमा नेपाली काग्रेसले पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको, संसदमा केही बाहेक अधिकाश सांसदहरुको भूमिका कमजोर देखिएको, जनताहरुलाई विद्यमान परिस्थिति तथा घटनाहरुको बारेमा सुसूचिततथा राज्यलाई खबरदारी गर्न नसकेको, गुट र उपगुटको घेरा भन्दा माथि उठ्न नसकेको, देश र जनताको समस्याहरु भन्दापनि आसन्न महाधिवेसनबाट पार्टीको सत्ता आफ्नो हातमा कसरी लिने भन्ने सोच र चिन्तनबाट काग्रेसी नेतृत्वतथा नेतागणहरु अगाडि वढेको पनि भेलाले ठहर गरेको छ । अरुलाई विधि, पद्दति र लोकतन्त्रको पाठ सिकाउने, आफुलाई यस का हिमायती ठान्ने नेपाली काग्रेसमा

पनि वैचारिक चिन्तन र वहस हुन छाडेको, विधि, पद्दति र विधानबाट पार्टीको केन्द्रदेखि लिएर स्थानीय तह सम्मका संगठनका संरचनाहरु संचाल नहुन नसकेको निष्कर्ष पनि सो भेलाले गरेको छ ।
कोभिड १९ को संक्रमणमा आफ्ना जिवन शैली परिवर्तन गर्दै आवश्यक भौतिक दुरी कायम गर्दै सम्पूर्ण नेपालीहरुलाई सुरक्षित रहन आग्रह समेत गरेको छ । साथै यस समाजका सम्पूर्ण सदस्यहरुलाई लोकतन्त्र, संसदीय व्यवस्था, विधिको शासन, मानव अधिकार तथा कानूनी राज्यको अवधारणाको वकालत मौखिक, लिखित रुपमा सामाजिक सञ्जाल, प्रेश तथा श्रव्य दृश्य मिडिया मार्फत जनता समक्ष राख्दै लोकतन्त्रको पक्षमा आफ्ना निष्ठा सदैव प्रकट गदैै लोकतन्त्र विरुद्धका गतिविधिमा सदैव सजग तथा खबरदारी गर्दै, व्यवहारिक रुपमा आफु भित्र पनि लोकतान्त्रिक आचरण, संस्कार र पद्दति निर्माण गर्न समेत सो भेलाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved