बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अब दुई महिना भइसकेको छ । तर, उनको मृत्युबारे नयाँ नयाँ तथ्यांक बाहिर आइरहेको छ । पछिल्लो समय सुशान्तको मृत्युबारे भारतमा सिबिआइ जाँच पनि सुरु भएको छ ।
यहीबीच सिबिआइको जाँचको क्रममा उनको परिवारले एउटा गम्भीर आरोप लगाएको छ । यो आरोप हो, उनी एउटा कोठामा झुन्डिएका थिए भने अर्को कोठाको किचनमा उनका साथीहरु खाना बनाइरहेका थिए ।
टाइम्स नाउ नामको एक भारतीय मिडियालाई सुशान्तका परिवारले दिएको अन्तर्वार्तामा यस्तो आरोप लगाइएको हो । सुशान्तका परिवारका केही सदस्य उनको फ्ल्याटमा पुग्दा उनका साथीहरुले किचनमा खाना पकाइरहेको आफूहरुलाई थाहा भएको उनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved