जङ्गलमा निगुरो टिप्न गएकी १६ वर्षीया दलित बालिका बलात्कृत भएकी छन्

  • प्रकाशित मितिः भदौ १२, २०७७
  • 1291 पटक पढिएको
  • समय अनलाइन

बेलबारी/ मोरङको बेलबारी–११ स्थित जङ्गलमा निगुरो टिप्न गएकी १६ वर्षीया दलित बालिका बलात्कृत भएकी छन् ।

जङ्गल गएकी बालिकामाथि मङ्गलबार अपरान्ह ४० वर्षीय होम तामाङले बलात्कार गरेको बेलबारी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छिमेकी बालबालिकासँग उनी निगुरो टिप्न गएका थिए । बालिकासँग रहेका अन्य बालकहरूलाई नियन्त्रणमा लिएर तामाङले बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर ऋषिराज ढकालले बताए ।

नियन्त्रणमा लिएका बालकहरूलाई पालैपालो बालिकामाथि बलात्कार गर्न लगाएर उनले पनि बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको इन्स्पेक्टर ढकालले बताए । अन्य बालकहरू पनि दलित समुदायकै रहेको उनले बताए । ती बालकहरू ११ देखि १३ वर्षसम्मका छन् । ‘डर, धम्की र त्रास देखाउँदै तीन जना कलिला उमेरका बालकलाई नातासम्बन्धकी बालिकामाथि बलात्कार गर्न लगाएर त्यसपछि तामाङ आफूले पनि बलात्कार गरेको पाइयो’ –इन्स्पेक्टर ढकालले भने ।

बालकहरूले अस्वीकार गरेपछि हातमा लाठी लिएर तामाङले ज्यान लिनेसम्मको धम्की दिएको अनुसन्धानमा खुलेको उनले बताए । आफूमाथि धम्की आएपछि डरका कारण बालबालिका चुपचाप तामाङले भनेअनुसार गर्न र घटना सहन बाध्य भएको पाइएको छ । प्रहरीका अनुसार बालकहरूलाई प्रयोग गरिसकेपछि तामाङले उनीहरूकै अगाडि बालिकालाई बलात्कार गरेको पत्ता लागेको छ ।

यसलाई प्रहरीले अनौठो घटनाका रूपमा लिएर अनुसन्धान अघि बढाएको छ । निगुरो टिप्न लक्ष्मी सामुदायिक वनमा गएका बालबालिका आफूहरूमाथि अमानवीय घटना भएपछि निगुरोसमेत नलिइकन घर फर्किएको बालिकाका एक आफन्तले बताए । चारै जनाको व्यवहार अरू बेलाको भन्दा फरक रहेको पाइएपछि आफन्त र परिवारका सदस्यले सोधीखोजी गर्दा घटना बाहिरिएको थियो ।

‘शुरुमा बालकहरूलाई बलात्कार गर्न लगाएपछि तिनै बालकहरूलाई अगाडि राखेर तामाङले पनि बालिकालाई बलात्कार गरेछन्’ एक आफन्तले भने, ‘एकान्त जङ्गल बीचमा घटना भएकाले उनीहरूले भाग्ने र बच्ने मौकै पाएनछन् ।’ तामाङले भोलिपल्ट पनि घर–घरमा पुगेर सबैलाई भेट्दै घटनाका बारेमा कसैलाई नभन्न पुनः दबाव दिएको उनले बताए ।

घटनाका बारेमा थाहा भएपछि बालिकाका अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङविरुद्ध बुधबार किटानी जाहेरी दिएका छन् । प्रहरीले घटनाका बारेमा बालकहरूसँग पनि सोधपुछ गरिरहेको छ । इन्स्पेक्टर ढकालका अनुसार तामाङले धम्की दिएर आफूहरूलाई यस्तो कार्य गर्न लगाएको बालकहरूले बताएका छन् । ‘घटनापछि चारै जना डराएका छन् । राम्ररी कोहीसँग पनि बोल्न मान्दैनन्’ उनले भने, ‘उनीहरू सबै मानसिक रूपमा विक्षिप्त जस्तो देखिन्छन् । कोही नयाँ मान्छे देख्दा केही गरिहाल्छन् कि जस्तो मान्छन् ।’

घटना बाहिरिएपछि बलात्कारमा संलग्न तामाङ फरार रहेकाले खोजी थालेर घटनाको गम्भीर ढङ्गले अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । पहिलेदेखि नै बोलाउने, जिस्क्याउने र अनेक हिसाबले प्रलोभनमा पार्ने काम तामाङले गर्ने गरे पनि गाउँकै चिनजानका व्यक्ति भएकाले आफूले वास्ता नगरेको बालिकाले प्रहरीलाई बताएकी छन् । शरीरका केही भागमा चोटसमेत लागेकी बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि बिहीबार विराटनगरको कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक स्वास्थ्य परीक्षणबाट बलात्कारको पुष्टि भएको प्रहरीले जनाएको छ । बालिका र उनकी आमासँग बिहीबार विराटनगर जानेसमेत खर्च नभएपछि स्थानीयले सङ्कलन गरेर एक हजार पाँच सय रुपैयाँ दिएका थिए । श्रीमतीले केही वर्ष अगाडि छाडिसकेका तामाङ भने भाइबुहारीको घरमा बस्दै आएको खुलेको छ । ‘हाम्रोमा पनि कहिलेकाहीँ मात्रै आउने गर्नुहुन्थ्यो । अरू बेला कहाँ गएर के गर्नुहुन्छ, हामीलाई थाहा भएन’ बुहारीले भनिन्, ‘हिजो (बुधबार) देखि घरमा आउनुभएको छैन ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved