बिराटनगर, लायन्स क्लब अफ बिराटनगर गुराँस र तिरुमाला सहकारीको सयुक्त आयोजनामा बिराटनगर स्थित रेडक्रसको भबनमा रक्तदान कार्यक्रम भएको छ । विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा जारी लकडाउनका बीच पनि रगतको अभाव कम हुन नदिन लायन्स क्लब अफ बिराटनगरले रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त रक्तदान कार्यक्रमको आज पहिलो दिन ५२ पिन्ट रगत संकलन भएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुने अवस्था पनि सिर्जना आउन सक्ने लायन्स क्लब अफ गुराँसका अध्यक्ष मदन खतिवडाले बताएका छन् । यसै समय परिबेसलाई मध्यनजर गर्दै आज देखि निरन्तर एक हप्ता सम्म सन्चालन हुनेखतिवडाले बताएका छन् । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का र गुराँस लघुबित्तका अध्यक्ष तथा लयन्सका एरिया चिफ उदय नारायण बराल ले रक्तदानको सुरुवात गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved