सुनसरी, सुनसरी देवानगंज-२ बस्ने ३० बर्षीय सन्त कुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको उक्त कार्यालयले जनाएको हो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved