मेयरलाई गुर्जो दिदै पत्रकार

  • प्रकाशित मितिः भदौ २६, २०७७
  • 1065 पटक पढिएको
  • समय अनलाइन

विराटचोकः सुन्दरहरैंचालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारहरूले नगरपालिकालाई गुर्जाे प्रदान गरेको छ । रोगसंग लड्ने क्षमता बढ्ने भन्दै अधिकाशले गुर्जाेको सेवन गर्न शुरु गरेपछि अहिले मोरङका विभिन्न ठाउँमा गुर्जाेको वितरण गर्ने अभियान नै चलेको छ । अहिले दिनहुँ सर्वसाधारणले गुर्जाेको रस सेवन गर्न शुरु गरेका छन् ।
गाउँघरमा पाइने गुर्जाेको माग भएपछि यसलाई बिक्री गर्न क्रम समेत शुरु भएको छ । कहिल्यै नसुक्ने लहरे वनश्पती गुर्जाेलाई अमृत समेत भनिँदै आएको छ । असन्तुलित खानपान, जीवनशैलीलगायतका कारण दिनप्रति दिन रोगीको संख्या बढ्दै गएका बेला गुर्जाेको उपयोगिता बढ्न थालेको हो । सामान्य रुघाखोकीदेखि मधुमेह, उच्च रक्तचाप, मुटु रोगीलगायतका रोगीका लागि गुर्जो सञ्जीवनी बुटी मानिने गरिएता पनि कोभिड १९ को संक्रमणबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढ्ने भन्दै यसको प्रयोग बढेको पाउन सकिन्छ ।
पत्रकारहरुले केही दिन अघि जंगलमा गएर खोजेर ल्याएको गुर्जाे नगरप्रमुख शिवप्रसाद ढकाललाई हस्तान्तरण गरिएको हो । लगभग ३० केजी गुर्जाे नगरप्रमुखलाई प्रदान गरिएको छ । विशेष गरी नगरपालिकाको क्वारेन्टिन र होल्डिङ एरियामा बस्नेहरुलाई प्रयोग गर्न दिने उद्देश्यले नगरपालिकालाई गुर्जाे प्रदान गरिएको सञ्चारकर्मी बाबुराम निरौलाले बताए । मेयर ढकालले सञ्चारकर्मीको कार्यको प्रशंसा गर्दै क्वारेन्टिन, होल्डिङ एरिया र होम आइसोलेसनमा बस्नेहरुलाई गुर्जाे प्रदान गरिने बताए ।
सो समूहले इलाका प्रहरी कार्यालय बेलबारीलाई पनि गुर्जाे प्रदान गरेको छ । सुरक्षाकर्मी तथा थुनुवाहरुलाई सेवन गर्न दिने उद्देश्यले गुर्जाे प्रदान गरिएको सञ्चारकर्मी शिव भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved