इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा आएका नयाँ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ९डिएसपी ० अर्जुन केसीले कानुन संग सम्झौता नगरी काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन । इलाका प्रहरी कार्यालय इटहरीको भवनमा गरिउको पत्रकार संगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नयाँ डिएसपि केसीले यस्तो बताएका हुन ।
इटहरी भित्र रहेका मुख्य चुनौतिका बिषयहरू अध्यन गरि अपराधिक गतिविधिलाइ हदै सम्म निर्मुल बनाउनेमा आफु कटिवद्ध रहेको पनि उनले बताए । साथै प्रहरी कार्यालयलाइलाइ सञ्चारमैत्रि बनाउन इटहरी क्षेत्रमा रहेर पत्रकारीता गर्दै आएका सञ्चारकर्मिहरू संगको सहकार्य अनिवाृय रहने उनको भनाइ छ ।
इटहरीमा आए लगत्तै आर्थिक लेनदेन तथा बित्तीय अपराधको बिषयमा धेरैले गुनासो गरेको र त्यसैको अध्यन र अनुशन्धानमा लागेको पनि डिएसपी केसीले बताए । त्यस्तै पछिल्लो समय इटहरीमा भएका लागु औषध दुर्व्यवस्नीका घटनाहरू पनि सुनेको साथसाथै बेश्यावृतिको बिषयमा पनि सुक्ष्म अनुशनधान गरिरहेको उनले जनाए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved