बाल दिवसको अवसरमा धरानमा बिबिध कार्यक्रम

  • प्रकाशित मितिः भदौ ३०, २०७७
  • 915 पटक पढिएको
  • समय अनलाइन

राष्ट्रिय वालदिवस २०७७ को अवसर पारेर धरान उपमहानगरपालिका नगर बाल संञ्जाल तथा धरान -६ वडा बाल सञ्जालको आयोजनामा क्यापासिटी विल्डिङ्ग तथा करियर काउन्सिलिङ वेविनार कार्यक्रम सञ्चालन भइरहेको छ । उक्त कार्यक्रमलाई भाद्र २८ गते प्रदेश न १ का सामाजिक बिकास मन्त्री माननीय जीवन घिमिरेले समुदघाटन गर्नु भएको थियो भने राष्ट्रिय रुपमा ख्यातिप्राप्त ब्यक्तिहरुले सहजीकरण गरिरहनु भएको छ ।
कार्यक्रमको उदघाटन गर्दै प्रदेश १ सामाजिक बिकास मन्त्री माननीय जीवन घिमिरेले यस्ता कार्यक्रमले बालबालिकाको बिकासमा महत्त्वपूर्ण भुमिका खेल्ने कुरा दर्शाउदै कार्यक्रमको सफलताको शुभकामना दिनु भयो । कार्यक्रम सहजीकरण का क्रममा डा प्रदिप के सी ले खानपान, रहनसहन, स्वस्थ जीवनशैली अपनाउने,आयुर्वेद चिकित्सा को बरेमा जानकारी दिनु भयो । त्यस्तै फुटबल रास्ट्रीय टीम कप्तान किरण चेम्जोङले खेल र अनुशासनको बारेमा सहजिकरण गर्नु भयो । भाद्र ३१ आचार्यश्री महेन्द्र भट्टराई र आस्विन १ गते डा माहाबिर पुनले सहजीकरण गर्नुहुने छ।
“बिपतमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको प्रतिबद्धता “ भन्ने नाराका साथ यस बर्षको बालदिवस मनाउदै गरेको सन्दर्भमा यस बर्ष कोभिड -१९, कोरोना संक्रमणको त्रासका कारण बालबालिकामा परेको नकारात्मक मनोबैज्ञानिक असर कम गर्दै स्वअध्ययन र बिबिध बिषयमा जानकारी दिने उदेश्यले यो वेविनार कार्यक्रमको सन्चालन गरिएको धरान(६ वडा कार्यलय सचिब तुलसी आचार्यले जानकारी दिनु भएको छ । सचिब आचार्यले यस वेविनार कार्यक्रम अन्तर्गत मेडिटेसन, मोटिभेसन र करियर काउन्सिलिङका कक्षाहरु जुम एप मार्फत सन्चालन भइ रहेको जानकारी गराउनु भएको छ ।

यस कार्यक्रममा इच्छुक सबैले पनि सहभागी हुन पाउने छन् । कार्यक्रमको बिशेष आकर्षण मनोक्रान्तिका डा योगी विकासानन्द, रास्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा माहावीर पुन, यसोधरा ओसोधरा नेपाल प्रमुख आचार्य महेन्द्र भट्टराई, नरदेवी आयुर्वेद चिकित्सालयका डा प्रदिप केसी ,नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङ, बालरोग विशेषज्ञ डा प्रदिप पौडेल वक्ताहरु रहनु हुनेछ।
कार्यक्रम भाद्र २८ गते देखि नियमित १० दिन बिहान ८ः०० बजेदेखी ९ः०० बजे सम्म सन्चालन भइरहेको छ । कार्यक्रममा सहभागी हुन चाहनेका लागि जुम आइ डी ९१३५७८२४३५ र पासवर्ड १२३४ रहेको पनि सचिब आचार्यले जानकारी गराउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved