इटहरी/ इटहरीका ब्यवसायी सन्तोष श्रेष्ठले माया घरमा आफ्नो जन्मदिन मनाएका छन्। ब्यवसायी श्रेष्ठले मंगलबार माया घर पुगेर माया घरमा आश्रीतहरुलाई खाना खुवाउँदै जन्मदिन मनाएका हुन्।
निर्माण सामाग्रीको ब्यवसाय गर्ने श्रेष्ठले आफ्नो ३४औँ जन्मदिनको अवसरमा इटहरी २मा रहेको माया घरमा आश्रीत सहाराबिहिनहरु सँगै सुखीयाली साटासाट गरेर जन्मदिन मनाएका हुन्।
भोजपुर घर भएर इटहरी ५ मा बसोबास गर्ने श्रेष्ठले यसअघि पनि सरकारले जारी गरेको लकडाउनमा बिभिन्न ठाउँमा खाद्यान्न बितरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved