भोक्राहा नरसिहं गाउँपालिकाले दोस्रो गाउँ सभाबाट वार्षिक निती , बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।आर्थिक वर्ष २०७५÷०७६ का लागि अनुमानित बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले सार्वजनिक गरेको हो ।
अध्यक्ष यादवले आईतबार दोस्रो गाउँ सभामा विभिन्न शिर्षकमा बजेट, योजना तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने गरी ३१ करोड १० लाख ४३ हजार रुपिया बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाले करबाट ४० लाख, सेवा शुल्कबाट ३२ लाख ३० हजार , दस्तुरबाट ७ लाख १० हजार , दण्ड रजीवानाबाट १ लाख १० हजार, अन्य आयबाट २० हजार सहित आन्तरिक तर्फ ८० लाख ७० हजार, संञ्चित कोष तर्फ १ करोड २० लाख, वित्तिय सामाजिकरण तर्फ १२ करोड १५ लाख, राजश्व बाडफाड तर्फ ७ करोड ८२ लाख ७३ हजार र शसर्त अनुदान ९ करोड १२ लाख रुपियाँ गरी ३१ करोड १० लाख ४३ हजार रुपियाँ बराबरको आयव्यय विवरण सार्वजनिक गरेको छ ।अध्यक्ष यादवले गाउँ सभामा प्रस्तुत गर्नुभएको योजना मध्ये १५ लाख माथिका ७ वटा गौरवशाली योजनाहरु समावेश गरेका छन् ।
