सरकारी पोसाक लगाउँदैनन टेलिकमका कर्मचारी

  • प्रकाशित मितिः फाल्गुन २१, २०७७
  • 770 पटक पढिएको
  • समय अनलाइन

इटहरी । कुनै पनि सरकारी कार्यालयमा कर्मचारीलाई सेवाग्राहीले सजिलै चिन्न सकुन र सरकारी कर्मचारीहरुको पहिचानका लागि सरकारले पोसाकको ब्यबस्था गरेको छ । तर अधिकांस सरकारी कार्यालयमा अहिले पनि कर्मचारीहरुले सरकारी पोसाक लगाउँदैनन् ।

कर्मचारीहरु लाई बार्षिक साढे सात हजार रुपैयाँ पोशाक किन्नका लागि पैसा दिदै आएको छ । कर्मचारीहरुले पैसा बुझ्छन तर त्यसले पोशाक किन्छन या किन्दैनन त्यो सरकारलाई थाहा छैन । इटहरी स्थित दुर सञ्चार कार्यालय अधिकांस कर्मचारीहरु कार्यालय समयमा पनि सरकारी पोसाक नलगाई बस्ने कर्मचारीहरु धेरै छन ।

सरकारले दिएको पोशाक भत्ता बुझ्ने तर पोशाक नलगाउने कर्मचारीहरु बिभिन्न बाहना गर्दै इमान्दार बन्न खोज्छन । टेलिकमका अधिकांस कर्मचारीहरु सरकारी पोसाक नै विना बसेको भेटिन्छन् कार्यलय नजिकै रहेका स्थानीयबासी विजय राईले भने । उहाँहरुलाई प्राय सरकारी पोसाक लगाएको देखेका छैनौ उनले भने ।

कर्मचारीले कहिले जाडोलाई दोष दिन्छन त कहिले धोएको र नसुकेको बहाना बनाउछन । कार्यालय प्रमुखहरुले नै सरकारी पोशाक नलगाएरै कार्यालय आउने गरेका छन । कार्यालयमा भेटिएका एक कर्मचारीले भने कोरोना छ त्यही कारण सरकारी पोसाक नलगाएको हो । कोरोनाको बहाना बनाएर कर्मचारी पोसाक नलगाई कार्यालयमा आउने गरेको पाईन्छ ।

यता दुरसञ्चार कार्यालय इटहरीका सुचना अधिकृत गणेशकुमार पौडेलले सरकारी पोसाक नलाएको विषयमा कमीकमजोरी भईरहेको बताए । कर्मचारीहरुलाई हामी दैनिक सरकारी पोसक लगाएर आउनु भनेका हुन्छौ उनले भने । सरकारी पोसाक लगाउने विषयमा कर्मचारीहरुलाई आग्रह गरिने उनको भनाई थियो ।

दुर सञ्चार कार्यालय इटहरीका प्रमुख ज्ञानेश दंगालले सरकारी फिलमा हिड्ने कर्मचारीहरुले सरकारी पोसाक नलगाउने गरेको बताउँछन । सरकारी पोसाक र परिचय पत्र अनिवार्य लगाएर आउनु भन्ने आफुले बेला बेला निर्देशन दिदै आएको बताए । पोसाकको विषयमा आफु थप गम्भिर हुने उनी बताउँछन ।

सरकारले २०६७ साल चैतदेखि पुरुष कर्मचारीलाई सेतो सर्ट, निलो पाइन्ट र महिला कर्मचारीलाई आकाशे रङको साडी, प्याजी रङको ब्लाउज पोसाक तोकेको थियो । महिलाले सर्ट, पाइन्ट लगाउन पाउने व्यवस्था छ । सुचना अधिकृत पौडेल भन्छन् हामी पोसाक लगाउन कडाई गछौ ।

घाम तापेर दिन विताउँछन् कर्मचारी

दुर सञ्चारक कर्मचारी बेकामे बनेका छन । दुर सञ्चार कार्यालयमा पछिल्लो समयमा सेवाग्राही घटे सँगै कर्मचारीहरु दिनभर घाम तापेर विताउँछन । अधिकांस कर्मचारीहरु घाम तापेर विताउँछन भने केहि कर्मचारीहरु समय अवधिभर कार्यालयमा बस्दैनन् ।

काम नभएपछि कार्यालय नै नआउने र कार्यालय आएपनि काम नभएकाले गफ चुटेर वा कम्प्युटरमा गेम खेलेर बस्ने प्रवृत्ति कर्मचारीमा बढ्दै गएको छ । अधिकांस कर्मचारी हाजिर गरेर टाप कस्छन । तर दुरसञ्चारका सुचना अधिकारी पौडेल भने पछिल्लो समयमा कार्यालयमा सेवाग्राहीहरु बढ्दै गएकोे बताउँछन ।

कार्यालय त्यत्रो भिडभाड हुदैन तर पनि फ्याट्टफुट्ट सेवाग्राही भने आईरहेको उनको भनाई थियो । नेट जोड्ने ग्राहकहरु बढेको उनी बताउँछन ।

सञ्चारपाटी

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved