नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाही लागूऔषध ब्राउन सुगरसहित पक्राउ

  • प्रकाशित मितिः असार ११, २०७५
  • 1102 पटक पढिएको
  • Mausam

१० असार, बाँके । नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो ।
उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका शाहीले आफू नेपाली सेनाको मेजर रहेको र श्रीमेयर गण शम्सेरगञ्जमा कार्यरत रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखाका इन्सपेक्टर रणबहादुर विष्टले धिरेन्द्रजंग शाही र रिम पौडेल पक्राउ परेको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘म सेनाको मेजर हुँ भने पनि उहाँले परिचय खुल्ने कागज भने देखाउनु भएको छैन । हामी अनुसन्धानको क्रममा छौं ।’

शाही ब्राउन सुगर खरिद गर्न ढकेरी गएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र कोहलपुरको विशेष टोलीले शनिबार साँझ छापा मारेको थियो ।
पक्राउ परेका अर्का व्यक्ति पौडेल लागुऔषधको ठूलो कारोबारी भएको बताइन्छ । उनीहरु दुवै जना बाँके प्रहरीको हिरासतमा छन्

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved