गजल
शरीरमा बग्ने खुन आमाको
नभुल्नु चुसेको थुन आमाको
समस भन्दानि हजारौ गुना
अमुल्य हुन्छ गुन आमाको
उसकै कामना सिद्द हुनेछ
जो फेरीदिन्छ उन आमाको
अरुलाई भुलि तिमीलाई मात्र
हुन्छ हसाउने धुन आमाको
हुर्केर सन्तान पाल्दछ भनि
नहोला रहर कुन आमाको!
बसन्त श्रेष्ठ
मोरङ,बाहुने(हाल बहराईन)
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved