इटहरी उपमहानगर पालिकाको आर्थिक बर्ष २०७५–०७६ को कुल ८१ करोड ८६ लाखको बजेट

  • प्रकाशित मितिः असार ११, २०७५
  • 1307 पटक पढिएको
  • Mausam

इटहरी उपमहानगरपालिकाले प्रदेस नम्वर १ को स्थायी राजधानी समेत इटहरी वन्ने सम्भावनालाई मध्यनजर गर्दै समृद्ध सुन्दर शहर निर्माण गर्ने गरी बजेट निती तथा कार्यक्रम ल्याएको जनाए छ ।

तेस्रो नगरसभामा बजेट निती तथा कार्यक्रम सार्वजनिक गर्दै उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रदेसको स्थायी राजधानी इटहरी हुने सम्भावनालाई मध्यनजर गर्दै त्यही अनुसार बजेट तथा निती कार्यक्रम ल्याएको जानकारी दिएकी हुन ।

बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपप्रमुख गौतमले आर्थिक बर्ष २०७५–०७६ को कुल ८१ करोड ८६ लाखको बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन । बजेटमा पर्यटन प्रवद्र्धन,शिक्षा ,भौतिक पुर्वाधार , अन्तराष्टिय स्तरको सभागृह , पार्क निर्माण र रात्रीकालिन बजार सञ्चालनका विषय बजेटको प्राथमिकतामा परेका छन ।

त्यसै गरी उपप्रमुख गौतमले प्रस्तुत गरेको प्रस्तावित बजेटमा प्रदेश नम्वर १को नमुना शहरका रुपमा इटहरी उपमहानगरलाई ब्यवस्थित शहर बनाउन शिक्षा,स्वास्थ्य, कृषि, खेलकुद, उद्योग साथै सञ्चार क्षेत्रको विकासका लागि समेत बजेट विनियोजन गरेको उल्लेख गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्ती गरी सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गरिने समेत बजेटमा समेटीएको छ । मेरो घर र टोल म आफै सफा राख्छु कार्यक्रम मार्फत फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ । उपमेयर आत्मनिर्भर कार्यक्रम प्रभावकारी भएको भन्दै त्यसलाई निरन्तरता दिने साथै मेयर कप प्रतियोगितालाई समेत निरन्तरता दिने विषय बजेटमा समावेस गरिएको छ । उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षता भएको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा चक्रपथ निर्माणको योजना समेत प्रमुख प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved