केही दिन देखी उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्र शुक्रबार एकाएक उच्चतहमा पुगेको थियोI शनिवार पनि उपत्यकाको आकाशलाइ तुँवालोले ढाकेको थियोI
उपत्यकामा यस्तो अवस्था अझै केहीदिन रहनसक्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छI चिकित्सकहरूको भनाइ अनुसार शहिलेको जस्तो वायु प्रदुषणले विशेषत: मानिसहरुको आँखा र फोक्सोमा संक्रमण हुन सक्ने बताएI अधिकारीहरुका अनुसार उपत्याका भित्र आकासै ढाक्ने गरि तुवालो लाग्नुका कारणहरु रहेको बताएका छन्नI
एउटा कारण यसपटक हिउँदमा वर्षा नहुनु र वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुन गएको वातावरण बिभागको प्रदुषण नियम तथा नियन्त्रण शाखाका प्रमुख शङकर prasad पौडेलले बताएI
तुवालोका अन्य कारणहरू उनले भने : चैतको हावाहुरी चल्ने समयमा काठमाण्डूमा हावा ढप्पजस्तो बसेको छ पछिलो समय तराइ भेगमा लागेको डडलो को धुवा भैसेपाटी क्षेत्र हुँदै उपत्यकामा प्रवेश गरेको छ पानी नपर्ने र हावा नचल्ने कारण यस्तो अबस्था देखीएको हो उनले भनेI
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved