कानेपोखरी / मोरङ्गको कानेपोखरीदेखि रंगेलीसम्म निर्माण सम्पन्न भएको सडकको बुधबार उद्घाटन गरिएको छ। कानेपोखरी रंगेली सडकको कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले उद्घाटन गर्नुभएको हो।
भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको सो सडक लामा डाँफे द कञ्चनजंगा जेभिले निर्माण गरेको हो। कुल २५ किलोमिटर ४ सय मिटर रहेको सो सडक ६२ करोड ३० लाख (मुल्य अभिबृद्दि करबाहेक) रुपैँयामा निर्माण सम्पन्न गरेको निर्माण कम्पनिले जनाएको छ।
७ मिटर पिच र दायाँबायाँ २/२ मिटर सोल्जर गरेर ११ मिटर चौडाई रहेको कानेपोखरी रंगेली सडकको रंगेली खण्डमा भने पुरै ११ मिटर चौडाई र दायाँ बायाँ टायल ब्लक, कर्व स्टोन र रेलिङ पोष्ट सहित निर्माण गरिएको छ।
२०७३ मा सम्झौता भएर २०७५ असारमा निर्माण सम्पन्न गर्नुपर्ने सो सडक विविध आन्तरीक कारण एवं कोरोना भाईरसका कारण ढिला भएर २०७७ चैत्रमा मात्र सम्पन्न गर्न सकिएको निर्माण कम्पनिले जनाएको छ।
यसैबीच सडकको उद्घाटन गर्दै कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले सडक निर्माणले स्थानीय जनतामा खुसीको सञ्चार भएको बताउनुभएको छ। अध्यक्ष काफ्ले सडक निर्माण भएसँगै रंगेली र कानेपोखीको दुरी घटेको बताउनुभयो। उहाँले भन्नुभयो, पहिला कच्चि सडक हुँदा यात्रा गर्न धेरैबेर लाग्थ्यो अहिले कम समय लाग्छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved