विश्वकपमा साउदी अरबलाई ऐतिहासिक सफलता

  • प्रकाशित मितिः असार १२, २०७५
  • 1028 पटक पढिएको
  • Mausam

विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’को आफ्नो अन्तिम खेलमा एसियाली टोली साउदी अरबले इजिप्टलाई २–१ गोलले हराएको छ । सोमबार साँझ भएको खेलको अन्तिम मिनेटमा साउदी अरबका सलिम अल दसारीले गोल गरे‍ ।

इन्जुरी समयबापत चार मिनेट थपिए पनि पाँचौं मिनेटमा दसारीले गोल गरेका थिए । साउदी अरबले विश्वकपमा सन् १९९४ पछि पहिलोपटक जित हात पारेको हो । यसअघि मोहमद सलाहले २२ ‍औं मिनेटमा गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए ।

सलमान अल फराजले इन्जुरी समयमा खेल बराबरीमा ल्याएका थिए । फराजले पेनाल्टीमा गोल गरेका हुन् । जारी विश्वकपमा साउदी अरबको यो पहिलो गोल हो । त्यसअघि ४१ औं मिनेटमा पनि साउदी अरबले पेनाल्टी पाएको थियो । फहाद मोसाइद अल मुवाल्लाद अल हर्बीले गोल गर्न सकेनन् ।

अघिल्ला आफ्ना दुवै खेलमा पराजित भएका साउदी अरब र इजिप्ट अगाडि नबढ्ने निश्चित भईसकेको छ । साउदी अरबले पहिलो खेलमा रुससँग ५–० तथा दोस्रो खेलमा उरुग्वेसँग १–० गोलले हार ब्यहोरेको थियो ।

पहिलो खेलमा उरुग्वेसँग १–० गोलले पराजित भएको इजिप्ट दोस्रो खेलमा रुससँग भने ३–१ गोलले पराजित भएको थियो । इजिप्ट २८ वर्षपछि विश्वकपमा सहभागी भएको थियो

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved