लोकसेवा आयोग
लोकसेवा आयोग ????
कबिता
मैले लोकसेवा आयोग पास गर्नु छ
मैले जसरी भए पनि सरकारी जागिर
खानु छ
निजी संस्थानको गालि गलोज
हेपाई सहदै आएको मान्छे म
आफन्त र छिमेकीलाई मेरो योग्यता र
दक्षताको प्रमाण देखाउनु छ ।
पल्ला घरे रामले पनि खरिदार
पदमा नाम निकाल्यो रे
बुवा भन्नु हुन्छ
तल्ला घरे स्यामले त झनै
राष्ट्र बॅंैकमा नाम निकाल्यो रे
आमा भन्नु हुन्छ
गाउॅंभरीका सबैको प्रगतिको
कुरा गर्नु हुन्छ!
मेरो पढाईको गुणस्तर
प्रति मेरी आमा प्रश्न चिन्न
खडा गर्नु हुन्छ
म भन्दा कम उमेरको काकाको छोरो
रमेसले सम्म सुब्वामा नाम निकाल्यो
तैले कहिले निकाल्छस?
भन्नु हुन्छ
त भने बेकामे भातमारा भईस भन्दै दिनै
गालि गर्नु हुन्छ।
हिजो सम्म हाम्रो पढाई राम्रो हुदा
सिर ठाडो पार्दै हिड्ने
मेरा बुवा
आज कम्जोर मान्छे म भए
भन्दै अरुको सवालमा निशब्द
बन्नु हुन्छ
हिजो सम्म गफ हाक्दै हिड्ने
मेरा बुवा आज सबैको सामु सरमले
सिर निहुराउनु हुन्छ!
कम्जोर दिमाख रै छ
यस्को कत्ति चोटी जाॅंच दिदा
पनि नाम निक्लिएन भन्छन रे छिमेकी
आफन्तमा जमघट हुदा
मेरै कुरा काट्दै बस्छन रे सबै।
अब त बिहे गर्ने उमेर भयो
केटीको कुरा गर्यो भने
सरकारी जागिर भएको खोज्छन रे
प्राईभेट जागिर हैन कि त
अमेरीकन आईडी भको कि त
सरकारी जागिरे नै रोज्छन रे।
मैले लोकसेवा आयोग पास
गर्नु छ
मैले जसरी भएपनि सरकारी जागिर
खानु छ
मलाई कम्जोर देख्नेहरुलाई
जागिर खाएर देखाउनु छ
मेरा बाआमाको सपना चाॅंडै
पुरा गर्नु छ।।
हिजो सम्म निकम्मा देखिने मान्छेहरु
सामु भोलि दक्ष ब्यक्ति बनेर
देखाउनु छ!
जमुना क्षेत्री
ईटहरी
पुरानो कविता
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved