गुण्डाहरूको सूची तयार, पहिलो नम्बरमा पूर्वएआइजीका पार्टनरको नाम

  • प्रकाशित मितिः असार १२, २०७५
  • 1222 पटक पढिएको
  • Mausam

 
 
 

महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डाहरूको सूची नै बनाएर अप्रेसन थालेको छ ।

प्रहरीले गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको पनि छ । केहीलाई खोजी गरिरहेको छ । प्रहरीले २३ जना गुण्डा नाइकेलाई उच्च निगरानीमा राखेको स्रोतले जनाएको छ । दीपक मनाङ्गे उर्फ राजीव गुरुङ र ‘स्याल’ भनिने सञ्जीव लामा पक्राउ परिसकेका छन् ।

काभ्रेली ‘डन’ गणेश लामा र उनकै सहयोगमा हुर्किएका अशोक लामा थुनामा छन् । गणेश हातहतियार मुद्दामा पक्राउ परिसकेका छन् ।

अशोक लामालाई जबरजस्ती चन्दा असुलेको अभियोगमा प्रहरीले खुट्टामा गोली हानी नियन्त्रणमा लिएको थियो । चालचलनका आधारमा वर्गीकरण गरी केही गुण्डाहरू पक्राउ परिसकेका छन् । बाँकीलाई पक्राउ गरिने प्रहरीले उल्लेख गरेको छ ।

अशोक लामामाथि गोली प्रहार गर्नु र ‘डन’ले लिएका लाइसेन्स प्राप्त हतियार जफत गर्नु यसका उदाहरण हुन् । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले गुण्डागर्दी नियन्त्रणप्रति प्रहरी आक्रामक ढंगले लागेको बताए ।

प्रहरी स्रोतका अनुसार पुराना गुण्डा नाइके ‘चक्रे’ भनिने मिलन गुरुङ, सट्टेबाजीका नाइके काभ्रेली गुण्डा दावा लामा, प्रहरीले हतियार खोसेका गुण्डा काजी शेर्पा, मिटरब्याजका नाइके वीरेन्द्रलाल श्रेष्ठ, पूर्व एआइजी विज्ञानराज शर्माका पार्टनर गुण्डा नाइके राजु गोर्खाली, काभ्रेली गुण्डा विष्णु लामा, उमेश लामा, सगुन श्रेष्ठ, शरद गौचन हत्याका नाइके समिरमान बस्नेतका सहयोगीहरू लोप्साङ रार्इ, अम्बर राना, रोशन बुढाथोकीलगायत हिट लिस्टमा छन् ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved