प्याब्सन इटहरी उपमहानगर समितिको दोस्रो अधिवेशनले लिटिल फ्लावर इंगलिस स्कुलका पुण्यप्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको थियो।
समितिको उपाध्यक्षमा शिखर एकेडेमीका सूर्यमणी निरौला, सचिवमा इष्टवेष्ट पोइन्ट इंगलिस स्कुलका राजेश कुमार श्रेष्ठ, सहसचिवमा पूर्वाञ्चल सेकेण्डरी इंगलिस स्कुलका सौधन राई र किड्स ह्याप्पी होम स्कुलकी सञ्चालक रिता भुसाल निर्वाचित भएका थिए । यस्तै कोषाध्यक्षमा सुनसरी किण्डर वर्ल्ड स्कुलका हेमन्त भटराई, सह कोषाध्यक्षमा इटहरी नोबल एकेडेमीका राजेन्द्र श्रेष्ठ, निर्वाचित भएका थिए।
समितिको सदस्यहरूमा बालबालिका इंगलिस स्कुलका शिव नारायण चौधरी, शान्तिनगर स्कुलका प्रदीप विष्ट, पर्फेक्ट इंगलिस स्कुलका राम कुमार गिरी, डिभाइन लभ स्कुलकी अस्मिना राउत, भेलवेट एकेडेमीका भिक्टर पौडेल, सनराइज बोडिंग स्कुलका लक्ष्मी लिम्बु, नर्थ प्वाइन्ट हाइयर सेकेण्डरी इंगलिस स्कुलका राजन दाहाल र हिमाली इंगलिस स्कुलका श्याम माझी निर्वाचित भएका थिए।
कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार दिलकुमार बन, केन्द्रीय सदस्य कविन्द्र मण्डल, जीवप्रसाद गुरागाईँ, प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र दाहाल, अनुप योञ्जन, इलाका प्रहरी कार्यालय इटहरीमा प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन केसी लगायतले बधाई तथा शुभकामना दिएका थिए । इटहरी नगरप्याब्सनमा एक सय भन्दा बढी निजी विद्यालयहरू आबद्ध छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved