​२ बजो भनेको नगरसभा ४ बजो सर्यो कारण यो रछ ।

  • प्रकाशित मितिः असार १२, २०७५
  • 1306 पटक पढिएको
  • Mausam

इटहरी । उपमहानगरपालिकाले आइतबार सार्वजनिक गरेको बजेट नीति तथा कार्यक्रम प्रति वडाध्यक्षहरुनै असन्तुष्ट देखिएका छन् । नीति तथा कार्यक्रमले इटहरीको समस्यालाई सम्बोधन गर्न खोजे पनि बजेटमा कार्यान्वयन गर्न नसकिने उनीहरूको भनाइ छ । 

१ अर्ब ३७ करोड बराबरको बजेट सार्वजनिक भए पनि त्यसले इटहरीको खास समस्यालाई पहिचान गर्न नसकेको वडाध्यक्षहरूको गुनासो छ । 

वडा नं ४ का वडाध्यक्ष चन्द्र भट्टराई योजना तर्जुमा समितिले बनाएकोभन्दा फरक बजेट सार्वजनिक भएको बताउँछन् । भट्टराई आफै योजना तर्जुमा समितिका सदस्य हुन । हामीले ल्याएको अनुमानित बजेटभन्दा १२ करोड कमको बजेट सार्वजनिक भयो । उनी भन्छन्, ‘रातारात कसरी परिवर्तन भयो हामी आफै अन्योलमा छौँ ।’

नीति तथा कार्यक्रम धेरै राम्रो भए पनि बजेटले त्यसको प्राथमिकतालाई सम्बोधन गर्न नसकेको उनको भनाइ छ । हरेक वडामा समानुपातिक वितरण गरीनुपर्नेमा बिभेदकारी बजेट सार्वजनिक भएको र योजना तर्जुमा समितिलाई बेवास्ता गरेकोमा उनले आपत्ती जनाएकाछन् । 

वडा नं १० का वडाध्यक्ष प्रकाश चौधरी पनि बजेटले वडाको समस्यालाई उपेक्षा गरेको बताउँछन् । हिजो स्थानीय निकाय हुँदाभन्दा कम बजेट आफ्नो वडामा परेको उनको भनाइ छ । ‘जम्मा १५ लाख बजेट छ, त्यसले के काम गर्नु,’ उनी भन्छन्, ‘ल्याण्डफील साइडलाई देखाएर बजेट कटौती गरियो यसमा घोर आपत् छ ।’

उपमहानगरले सार्वजनिक गरेको बजेटप्रति कुनै वडाध्यक्षले पनि स्वागत गरेको पाइएन । बजेट सार्वजनिक समारोहमा वडाध्यक्षहरु एकदमै आक्रोशीत मुद्रामा देखिएका थिए । 

त्यस्तै वडा  नं. ९ का वडाध्यक्ष भुपेन्द्र बराल यो बजेट चित्त बुझ्दो नभएको बताउँछन् । वडा नं. ८ र ९ जोड्ने बाटो महत्वपूर्ण भएपनि उक्त बाटो बनाउन पर्याप्त बजेट आउन नसकेकोको उनको भनाई छ ।

उनी जस्तै वडा नं. ८ का वडाध्यक्ष रोहित चौधरी पनि बजेटले जनताको समस्यालाई उपेक्षा गरेको तर्क गर्छन् । भन्छन्, ‘यो बजेट अन्योलग्रस्त छ, कसैको पनि चित्त बुझाउन सकेन ।’

कार्यपालिकाले निर्णय गरेको १ अर्ब ४९ करोडको बजेट कटौती गरेर १ अर्ब ३७ करोडको मात्र बजेट सार्वजनिक हुनु कार्यपालिकामाथिको अपमान भएको बताउँछन् वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठ । १२ करोड बजेट काटेर सुरुमै घाटा बजेट निर्माण गर्ने काम सुरु भएको उनको भनाइ छ । 

पहिलो स्थानीय सरकारले ल्याएको बजेटमा स्थानीय जनप्रतिनिधीले नै विरोध गरिरहँदा नगर सभाले यसलाई कसरी संशोधन गर्छ, हेर्न बाँकी छ । योजना अनृुसारको बजेट नहँुदा कार्यान्वयनमा समस्या पर्न सक्ने धेरैको बुझाइ छ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved