ह्यात्रुङ झरनामा आउन थाले पर्यटक

  • प्रकाशित मितिः असार १३, २०७५
  • 1662 पटक पढिएको
  • Mausam


तेह्रथुम, १२ असार । तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरनामा वर्षा याम सुरूभए संगै पानीको बहाव बढेपछि आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।

तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको एसिया महादेशकै अग्लो झरना, ह्यत्रुङ झरना ।

वर्षातको समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले थप आकर्षण गरेको हो । झरना हिउँद याममा सुख्खा रहेपनि बर्षाले पानीको मात्रा बढाएपछि अत्यन्तै आकर्षक र मनमोहक देखिन थालेको छ ।

ह्यात्रुङ झरनाको दृष्यवोलक गर्न झरनाको पुलमा जम्मा भएका अान्तिरक पर्यटकहरू ।

फुर्सदक‍ो समय तथा विदाको दिन झरनाको प्राकृतिक वातावरणमा रमाउनेको भीड बढ्न थालेको छ । झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न आउने आन्तरिक पर्यटकहरूको संख्यामा वृद्धि भएको झरना अवलोकनमा पुग्नुभएका टासि लामाले बाउनुभयो ।

ह्यात्रुङ झरनाको दृष्यवोलक गर्न झरनाको पुलमा जम्मा भएका अान्तिरक पर्यटकहरू ।

अार्थिक समृद्धिको लागि ठूलो सम्भावना बोकेको ह्यात्रुङ झरना, विकास, संरक्षण, संम्बर्धन र प्रचारप्रसार हुन नसक्दा अझै अोझेलमा रहेको छ । प्राकृतिक झरनाले पर्यटकलाई आकर्षण गरे पनि झरना वरिपरि पर्यटकीय पूर्वाधार र संरचना निर्माण तथा पर्याप्त प्रवद्र्धनमा सम्बन्धित निकायले चासो दिएको छैन । वर्षातको समयमा ग्रामीण सडक हिलाम्मे हुदाँ झरनासम्म पुग्न आठराई र फेदाप गाउँपालिकाबाट पदैल यात्रा गर्नुपर्ने नै हुन्छ ।

ह्यात्रुङ झरनाको पानीमा रमाउदै अान्तरिक पर्यटकहरू ।

तेह्रथुमका पर्यटकीय गन्तव्य मध्ये झरना धेरैको रोजामा पर्दछ । झरनामा पुगेर पर्यटक आनन्द लिने गर्दछन् । उक्त झरनाको पूर्वाधार विकास, प्रचार र प्रवद्र्धन गर्नसके थप पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।


तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको एसिया महादेशकै अग्लो झरना, ह्यत्रुङ झरना ।

तेह्रथुम सदरमुकाम म्याङ्लुङ र आठराई संक्रान्ती बजार प्रवेश गर्ने जो कोहीलाई पनि यो झरनाले आकर्षित गर्न थालेको छ । झरनामा तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, झापालगायत ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved