जीवन फुयाल / इटहरी विनाकाम३४ जना स्वास्थ्यमा कर्माचारी भर्ति गरेर तलवभत्ता मा लाखौ वाड्दै इटहरी उपमहानगरपालिका इटहरी उपमहानगरपालिका मा स्थानिय निकायको चुनावको क्रममा सवैजसो राजनैतिक दलले आफ्नो घोषणापत्र तथा भाषणवाजि तथा प्रचार प्रसारको क्रममा इटहरीको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार गर्ने, प्रत्येक वडावडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने र इटहरी मा सुविधासम्पन अस्पताल स्थापना गरी इटहरीवासिलाई स्वास्थ्यमा सहज पहुच र सुविधा दिलाउने भनि प्रचारप्रचार गरियो । सोहीअनुरूप स्वास्थ्यको सामान्य जाँच तथा उपचारका लागी धरान विराटनगर धाउदै आएका तथा इटहरीकै प्राइभेट मेडिकल र प्राइभेट अस्पतालमा चर्को शुल्कमा जाँच उपचार गराउँदै आएका इटहरी वासिले विश्वास गरेर जिताएका जनप्रतिनिधिहरुले आफ्नो पाँच बर्से कार्यकाल सकिन केहि महिना मात्र बाँकि रहदासमेत आफुले भाषणवजि गरेर जनता झुक्काएर जितेको चटक्कै बिर्सिएका छन ।पुर्वधार निर्माणका लागी भनेर स्वास्थ्य संस्था नभएका केहि वडाहरुमा भवन निर्माण गर्ने भनेर शुरू भएको वर्षौसम्म भवन निर्माण सम्पन्न नभएको पाइएको छ भने सोहि पूर्वधार नै सम्पन्न नभएको १४ वटा वडाको लागी भनेर इटहरी उपमहानारपालिकाले करिव १ बर्ष अगाडिनै ९जना स्टाफ नर्स ,९जना हेल्थ असिस्टेन्ट र १४ जना कार्यलाय सहयोगी भर्ति गरेर तलवभत्ता दिलाइराखेको पाइएको छ। त्यसैगरी पुर्वधार नै तयार नभएको आधारभुत स्वास्थ्य संस्थाको लागि भनेर लाखौ रुपैयाको फर्निचर तथा उपकरण खरीद गरेर राखेको पाइएको छ भने उक्त फर्निचर तथा सामाग्री गोदाम गरेर राखे वापतको हजारौ रकम समेत भुत्तानी दिइसकेको पाइएको छ। उता इटहरी उपमहानगरपालिका मा सरकारी अस्पतालको रुपमा चिनिने इटहरी अस्पताल समेत राजनैतिक दलका कार्यकर्ता भर्ति गर्ने भर्ति केन्द वन्दै आएको छ। इटहरी उपमहानारपालिका को उच्च स्रोतलाई समेत इटहरी अस्पतालमा कतिजना कर्मचारी कार्यरत छन भनि एकिन जानकारी नभएको बताएका छन । यद्यपि इटहरी अस्पतालमा धेरै कर्मचारी विना प्रतिस्पर्धा ,बिना विज्ञापन राजनैतिक दलका कार्यकर्ता करारमा भर्ति भएको पाईएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved